Madhes Khabar
समाज

वीरगन्जमा प्रेस सेन्टरकाे कार्यक्रममा ५५ जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज ,१५ माघ : प्रेस सेन्टर नेपाल पर्साले शनिबार वीरगन्जमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।संस्थाको १९ ओैं स्थापना दिवसको अवसरमा आयाेजित रक्तदान कार्यक्रममा २ महिला सहित ५५ जनाले रगतदान गरेका छन् ।

वीरगन्जकाे क्लासिक ब्यांकेटमा आयाेजित कार्यक्रममा सरितादेवी घिमिरे , दिलपराज कार्की, निरज पिठाकाेटे मगर,विकास पटेल, सन्जय यादव,रेहान आलम,तबरेज आलम,आनन्द साह लगायतकाले रगतदान गरेकाे रक्त सन्चार केन्द्र वीरगन्जले जनाएकाे छ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गाैतमकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा सेन्टरका केन्द्रीय उपाध्यक्ष गाेविन्द देवकाेटा, केन्द्रीय सदस्य निरज पिठाकाेटे मगर, नेकपा एमालेका युवा नेता अरविन्द सिंह, रक्त सन्चार वीरगन्जकि संयाेजक मधु राणा लगायतको पनि उपस्थित थियाे ।

Related posts

गहवामाई रथ यात्राको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा ४२ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्ज २२ मा काँग्रेसको प्यानल नै विजयी , वडाअध्यक्षमा द्वारीका निर्वाचित

MadhesKhabar

पर्साको शिवधाम धार्मिक वन क्षेत्रमा कांग्रेसद्वारा वृक्षारोपण

MadhesKhabar

Leave a Comment