Madhes Khabar
समाज

वीरगन्जमा प्रेस सेन्टरकाे कार्यक्रममा ५५ जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज ,१५ माघ : प्रेस सेन्टर नेपाल पर्साले शनिबार वीरगन्जमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।संस्थाको १९ ओैं स्थापना दिवसको अवसरमा आयाेजित रक्तदान कार्यक्रममा २ महिला सहित ५५ जनाले रगतदान गरेका छन् ।

वीरगन्जकाे क्लासिक ब्यांकेटमा आयाेजित कार्यक्रममा सरितादेवी घिमिरे , दिलपराज कार्की, निरज पिठाकाेटे मगर,विकास पटेल, सन्जय यादव,रेहान आलम,तबरेज आलम,आनन्द साह लगायतकाले रगतदान गरेकाे रक्त सन्चार केन्द्र वीरगन्जले जनाएकाे छ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गाैतमकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा सेन्टरका केन्द्रीय उपाध्यक्ष गाेविन्द देवकाेटा, केन्द्रीय सदस्य निरज पिठाकाेटे मगर, नेकपा एमालेका युवा नेता अरविन्द सिंह, रक्त सन्चार वीरगन्जकि संयाेजक मधु राणा लगायतको पनि उपस्थित थियाे ।

Related posts

गर्मीबाट राहत दिन घण्टाघर चोकमा निःशुल्क सातु–पानी वितरण

MadhesKhabar

भोजपुरी टाइम्स पत्रिकाको वार्षिकोत्सवमा आश्रमका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग

MadhesKhabar

वीपीसी कलेजका विधार्थीहरु सामाजिक सेवामा सकृय : १ सय ४४ जनाद्वारा रगतदान

MadhesKhabar

Leave a Comment