Madhes Khabar
स्थानिय हेडलाइन

बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत

मधेसखबर
वीरगन्ज, ११ मंसिर : बारा क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्ण कुमार श्रेष्ठ र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयले १५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन पुगेका विश्रामपुर गाँउपालिका वडा नम्बर ४ को बलिरामपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधीसभा सदस्य श्रेष्ठ र प्रतिनिधीसभा सदस्य सोनललाइ १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

मङ्सिर ४ मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ , बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा र लोसपाका उम्मेदवार सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् ।

Related posts

स्वतन्त्र उपमेयर उम्मेदवार रम्भा भन्छिन् – पार्टीले अन्याय गरयो तर जनताले न्याय गर्छन्

MadhesKhabar

वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा

MadhesKhabar

प्रदेश स्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment