
मधेसखबर
वीरगन्ज,२७ बैशाख :वीरगन्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले लोसपाले टिकट नदिएर अन्याय गरेपनि वीरगन्जवासीले आफुलाइ न्याय गर्ने बताएकी छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै स्वतन्त्र उपमेयर उम्मेदवार मिश्राले लोसपाको शीर्ष नेतृत्वले नातावादमा परेर आफुलाइ उम्मेदवार नबाएको आरोप लगाइन् ।
मिश्राले भनिन् ,‘ विगत साढे ४ वर्ष देखि वीरगन्जवासीको माझमा रहेर जनताको सेवा गरे , सरारा समय पार्टीका लागि बिताए , तर अहिले नातावादमा परेर लोसपाले मलाइ टिकट दिएन , खैर टिकट दिएनन् त्यसको परिणाम पार्टीले भोग्ने नै छ ।

लोसपा नेतृत्वले आफु माथि अन्याय गरेपनि वीरगन्जवासीले भने यो चुनावमा आफुलाइ जिताएर न्याय दिनेमा विश्वस्त रहेको मिश्राले बताइन् ।
मिश्राले भनिन् ,‘ म ठाकुरराम क्याम्पसबाट एमए पास गरेकी छु , नोकरी गर्न चाहे लाख पचास हजार तलबको जागीर पाउन सक्थे तर ती सबै छोडेर म वीरगन्जवासीको सेवाका लागि राजनीतिमा होमिएकी छु ।
जब कुनै दलले अवमुल्यन गर्छ त्यस बेला मन दुख्नु स्वभाविक भएको भन्दै उनले भनिन् ,‘ पार्टीले टिकट नदिएर के भोत ? जनताको सेवाका लागि स्वतन्त्र भएपनि मैले उम्मेदवारी दिएकी छु , जनताले अपार माया र समर्थन पनि जनाइरहेका छन् ।
आफनो उम्मेदवारी वीरगन्जका महिला , युवा , किसान , मजदुर, व्यपारी सबैका लागि भएको भन्दै उनले भनिन् ,‘ म जिते भने जनताको मालीक होइन जनताको सेवक बनेर काम गर्छु , मेरो मुल मन्त्र भनेको यो शहर र यहाका वासीन्दाको विकास र समृद्धि नै हो ।

