
मधेसखबर
वीरगन्ज,०८असार : वीरगन्जका एक जना युवकलाइ हेटौडामा बन्धक बनाएर फिरौती रकम माग्ने तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १९ का २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई हेटौडाको बसपार्क स्थित ट्राभल होटल एण्ड लजको १०७ नम्बर कोठामा बन्धक बनाई श्रीवास्तवको घरमा फोन गर्न लगाएर फिराौती रकम मागेका हेटौडाका ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ का २९ वर्षीय सुरेश लामा, वडा नम्बर १२ का २१ वर्षीय समिर बल र त्यहि ठाउँका २८ वर्षीय अशोक लामा रहेका छन् ।
होटलको कोठामा श्रीवास्तवलाइ बन्धक बनाएर राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवाननपुरबाट खटिएको प्रहरीले तीनै जनालाइ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरुले अमनलाई गत जेठ २९ गतेदेखि उक्त होटलमा बन्धक बनाएर राखेका थिए ।
पक्राउ परेका तीनै जना विरुद्ध मकवानपुर जिल्ला अदालतबाट पाच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

