वीरगन्ज,१०चैत:समृद्धि नेपाल फाउण्डेसनको अध्यक्षमा सुरज कुमार सर्राफ चयन भएका छन्।शनिबार सम्पन्न फाउण्डेसनकाे चौंथो अधिवेशनबाट अध्यक्षमा सर्राफ चयन भएका हुन्।
उपाध्यक्षमा मोहम्मद ताहिर अहमद, सचिवमा हरिओम गुप्ता,सहसचिवमा श्रृती साह, कोषाध्यक्षमा पीयुष साह कानु तता सदस्य संयोजकमा भोला कहर चयन भएका छन् ।
व्यवस्थापन संयोजकमा सूर्या सर्राफ, कार्यक्रम संयोजकमा आयुष गुप्ता,सहकार्यक्रम संयोजकमा रितु कर्ण चयन भएका छन् ।
अधिवेशनबाटै अनुराग योजना अन्तर्गत दुई वटा विभाग पनि गठन गरिएको छ । स्वास्थ्य विभाग प्रमुखमा नेशनल मेडिकल कलेजमा अध्ययरत आदित्य राज साह र खेलकुद विभाग प्रमुखमा अध्यक्षको सिफारिसमा पछि मनोनित हुने बताइएको छ ।
अधिवेशनकाे उद्घाटन युवा अभियन्ता दिलिपराज कार्कीले गरेका थिए।त्यसअवसरमा कार्कीले फाउण्डेसनले विगतका वर्षदेखि युवालक्षित सामाजिक कार्य गर्दै आइरहेकाले आगामी दिनमा सकारात्मक खालका कार्य गरेर अघि बढ्नका लागि अनुरोध गरे।‘फाउण्डेसनले सामाजिक विकृति र विसंगति विरुद्ध विभिन्न खालका रचनात्मक अभियानहरु सञ्चालन गर्दै अघि बढ्नका लागि अनुरोध गर्दछु,’ उनले भने‘वीरगन्जका लोककला संस्कृति प्रबर्धन गर्ने खालका कार्य गरेर युवाहरुलाई जागरुप बनाउनको लागि अनुरोध गर्दछु ।’’
फाउण्डेसनका संस्थापक अध्यक्ष आयुषकुमार गुप्ताले फाउण्डेसनले युवाहरुलाई स्टार्टअप लगायतका कार्य गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताए।नवनिर्वाचित अध्यक्ष सर्राफले सबैसँग हातेमालो गरेर युवाहरुलाई सामाजिक कार्यमा अघि बढाउने योजना रहेको जानकारी दिए ।

