वीरगन्ज,१६पुसःवीरगन्जमा रहेको आमाको माया छात्रावासमा रहेका बालबालिकाहरुलाई जाडोमा तातोपानी खाने थर्मस, लगाउने मोजा र पञ्जा सहयोग गरिएको छ ।
रोट्र्याक्ट क्लब अफ वीरगन्ज र डिएभी स्कूलको इन्टरएक्ट क्लबले संयुक्त रुपमा आमाको माया छात्रावासमा २६ थान थर्मस तथा मोजा र पञ्जा प्रदान गरेका हुन् ।
प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यतामा भएको ती सामान हस्तान्तरण कार्यक्रममा रोट्र्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष रामविनय यादव, डिएभी स्कूल इन्टरएक्ट क्लबकी अध्यक्ष नाव्या खेतान, यूथ सर्भ सोसाइटीका अध्यक्ष नकुल गुप्ता, रोट्र्याक्ट क्लब अफ वीरगन्जका पूर्वअध्यक्ष आलोक रजक कर्ण, उपाध्यक्ष अञ्जली गर्ग, रोहन गुप्ता, हरिशंकर साह लगायतकाको सहभागीता थियो ।

