वीरगन्ज,२९कात्तिकःवीरगन्ज महानगरपालिका–२४ रामगढवा शनिबार एकता युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेका छन्।
पूर्व कानुन मन्त्री अजय कुमार चौरसियाले उद्घाटन गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ८१ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेहरूमा नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र पटेल, प्रविण देवी, खुुश्बु कुमारी, लक्ष्मी कुमारी, रमिता देवीलगायतका रहेका छन् ।
रामगढवा एकता युवा क्लबका अध्यक्ष रोशन कुमार कुर्मीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट, ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाल,प्रहरी निरीक्षक नवीन थापा मगर लगायतकाकोपनि उपस्थिती थियो ।

