Madhes Khabar
समाज हेडलाइन

बालविवाहविरुद्ध सामूहिक संघर्ष गरिरहेका मधेसका दलित र मुस्लिम किशोरीहरुको सफलताका कथा..

माधुरी महतो
सप्तरी,१९ पुसःसप्तरीकी अग्निसाइर कृष्णसवरण गाउँपालिकाको भिमार टोलकी १७ वर्षीया मानसी सदा मुसहर समुदायकी प्रतिनिधि किशोरी हुन् । मुसहर समुदायमा यो उमेर समुहमा करिब करिब विहेवारी भईसकेको हुन्छ । तर मानसि भने अविवाहित छिन् ।

मानसीको पनि बिहेका लागि पनि परिवारले मात्र नभई समुदायकै मानिसले पटक पटक दबाव नदिएका भने होईनन् । तर उनले त्यसको प्रतिवाद गर्दै आएकी छन् । चाहेजति पढाई पुरा गर्न नसकेपनि मानसी अहिले सानो व्यवसाय चलाएर आँफुसंगै परिवारलाई आर्थिक रुपमा सबल बनाउने प्रयास गरिरहेकी छन् ।

मधेसी त्यसमा पनि यहाँका दलित र मुस्लिम समुदायमा छोरीचेलीको उमेर जति बढ्यो बिहे गरिदिन समस्या हुन्छ, संगतमा लागेर बिग्रन्छन्, भन्ने चिन्ताले सताएर अभिभावकहरुले छोरीबेटीको सानैमा बिहे गर्न दबाव दिन्छन् ।तर परिवार र समाजको दबाबका बाबजुदपनि यी मुसहर र मुस्लिम समुदायका किशोरीले छरछिमेकमै थुप्रै किशोरीहरुको बालबिवाह रोक्न सफल भइरहेका छन् ।

यसले अन्य महिलाहरुका साथै पितृसत्तात्मक सोच हाबी रहेको मधेसी समाजमा महिलाहरुको सशक्तिकरणमा बल पग्दै गएको छ ।
यता अविवाहीत छोरीको नागरीकता समेत बनाईदिन डराउने तथा छोरीचेली घरबाट निस्किन हुन्न भन्ने पुरातन मान्यताले गाँजिएको मधेसी समुदायका छोरीचेलीले पनि आत्मविश्वास , आत्मसम्मानका साथ बाच्न पाउनुपर्छ भन्ने अभियान चलेपछि हाल बन्देजमा परेका त्यही किशोरीहरु नै अभियन्ताका रुपमा आफुलाई समाजको अगाडी ल्याउन सफल भइरहेका छन् ।

यो सकारात्मक परिवर्तनमा रमाएका र केही गर्छु भन्ने हौसलाका साथ अगाडी आएका सप्तरीका मनिसाजस्तै अन्य किशोरीहरु केही वर्ष अघिसम्म भने संविधानले दिएको आफ्नो अधिकारबाट समेत अनविज्ञ नै थिए ।

सानो उमेरमा विवाह गर्न हुन्न , विवाहपछि होईन की अविवाहीत हुँदा पनि नागरीकता बनाउनु र पाउनु आफ्नो अधिकार हो,पढ्न पाउने लगायत कुनै पनि अधिकारबारे आफुहरुलाई केही वर्ष पहिलेसम्म थाहा नहुँदा आफ्नै घरमा पनि धेरै समस्या झेल्नुपरेको तीतो तर यथार्थको अनुभव ती किशोरीहरुसंग छ ।

कहिले काँही केहि लगाउन , केहि खान मन लाग्दा त्यसका लागि परिवारका अग्रज वा अभिभावककै अगाडि हात पसार्नुपर्ने बाध्यतामा रहेका किशोरीहरु हातमा कुनै सिप नहुदाँ घरमै थन्किएर बस्नुपर्ने अवस्था थियो । तर अहिले भने किशोरीहरुको अवस्था र जीवनशैली नै सकारात्मक रुपमा परिवर्तन हुदैं गएको छ ।

सप्तरी छपकीकी जमिला खातुन भन्छिन् : अहिले आत्मविश्वास बढेको छ
पहिले त केही समझमै आउँदैनथ्यो ।केही पर्दा ,केही मनका कुरा कोहीसंग भन्न मन लाग्दा पनि कहाँ कोसंग भन्ने कुरामा पनि लाज मान्नु पथ्र्यो ।गाउँघरमा महिलालाई केही समस्या पर्दापनि आफ्नो सरोकारको विषय होईन जस्तो लाग्थ्यो ।आँफुपनि घरबाट बाहिर निस्किन नपाउँदा दिन तनावमै बित्ने गथ्र्यो । बुवाआमालाई हामीमाथि विशवास नै थिएन । यो समस्या मेरो हाईन म जस्ता सबै किशोरी साथीहरुको थियो । तर यसरी बसेर हुँदैन हामीले पनि केही गर्नुपर्छ आफ्नो लागि मात्रै होईन समाजको लागि नै केही परिवर्तन गर्न सक्नुपर्छ भनेर यमा लाागियो ।अहिले त आँफैमापनि आत्मविश्वास बढेको छ ।

विगतका अवस्था सम्झदै उनले थपिन्,‘सुरु सुरुमा सानै उमेरमा विवाह हुने गरेको थियो । मेरो आफ्नै फुपुको छोरीको पनि सानै उमेरमा विहेको तयारी भएको थियो । पछि म सहित यो अयिभानमा लागेका केही साथीहरुले गएर फुपुलाई सम्झायौँ बुझायौ , यसबारे ऐन कानुनबारे पनि जानकारी दियौ त्यसपछि फुपुको छोरीको विवाह रोकीयो ।

त्यस्तै छोरी ठूली भएपछि पुख्र्याैली सम्पत्तिमा हक लिन्छन् की भन्ने डरले उमेर पुगेर पनि नागरिकता नबनाईदिने समस्या हाम्रो समाजमा बिकराल रुपमा थियो । छोराहरुको बनाईदिने तर छोरीहरुको नबनाईदिने प्रवृती थियो । त्यसपछि हामी उमेर पुगेका छोरीहरुको पनि नागरीकता बन्नुपर्छ भन्ने अभियान गाउँमा चलायौं । अहिले त हाम्रौ साथीसंगीहरुले पनि नागरिकता पाउन थालेका छन् । पहिले सानो सानो कामको लागि पनि पैसा माग्दा समेत पाउन गाह्रो भईरहेको दिन स्मरण गर्दै हाल आफुमा भएको फरक फरक सिपलाई निखार्दै उद्दम तथा व्यवसायमा प्रयोग गरेको खातुन बताउँछिन् ।

पहिले पैसा माग्दा पनि छिटो नपाउने अवस्था रहेकोमा अहिले आफ्नो ईच्छाले खान,घुम्न,खर्च गर्न पाउँदा मनैदेखी खुशी र स्वतन्त्र महशुश हुने गरेको उनि बताउँछिन् । आफ्नो दममा जीवन जिउन पाउँदा अत्यन्तै मन हर्षित भएको उनि सुनाउँछिन् ।

२० वर्षकी खातुनले हाल उमेर पुगेपछि जबसम्म आफ्नो खुट्टामा उभिदैन तबसम्म विवाह गरिदैन भनेर आँफुसहितका किशोरीहरुको समुहले हाल सिलाई कटाईको व्यवसाय संचालन गरेको तथा गाउँघरका साना बहिनी किशोरीहरुलाई आफ्नो हक अधिकारको बारेमा पनि सचेतना जागाउने अभियानमा समेत जुटेको बताउँछिन् ।

उनि भन्छिन्,‘ अहिले हातमा पैसा आउन थालेपछि घरमा पनि ईज्जत सम्मान बढेको छ ।छोरीहरुमाथि पनि विश्वास गर्न थालिएको छ ।घरबाट निस्किन हिच्किचाउने र डराउने छोरीहरु अहिले त अरुको अगाडी आफ्नो कुरा निर्धक्क भएर राख्न थालेका छन् ।कोही कतै महिला तथा किशोरीलाई समस्या परेको बेला आँफै पुगेर समस्या समाधान गर्ने निकायसम्म पुर्याउने कामपनि गर्न थालेका छौं ।’

सप्तरीकी अग्निसाइर कृष्णसवरण गाउँपालिकाको छपकीकी तमन्ना खातुन भन्छिन् ,‘ आफ्नो जीवनमा परिवर्तन ल्याउनका लागि आफैबाट प्रयास गर्नुपर्छ । यहि मान्यताले हिम्मत गरेर अगाडी बढ्दा यो खुशी पाउन सकेका छौँ ।’

आफुसंग भएको सिपलाई व्यवसायमा परिवर्तन गर्दै केही आम्दानी हुन थालेपछि आफु जस्तै अरु पनि किशोरीहरु जोडीन थालेको उनी बताउँछिन् । गाउँमा मदर्शामा पढ्न पाएपछि गाउँभन्दा टाढाको विधालय भएको कारण त्यसपछिका पढाई पढ्न नपाउँदा मन जहिले खिन्न हुने गरेको थियो ।

उनले भनिन्,’ आफ्नो ईच्छा , आफ्नो अवस्थामा आफुले पहिलो प्रयास नगरेसम्म अरुले आएर गरिदिने होईन । अरुले बाटो देखाईदिन सक्छन् त्यो बाटोमा आफै हिड्ने आँट गर्नुपर्छ , अनि बदलाव त जसरीपनि आइहाल्छ । हो केही समय लाग्न सक्छ ,तर हामीले भोगेको पीडा कम्तीमा हाम्रा बहीनीहरुले भोग्न नपरोस् भनेर हामी लागिपरेका छौँ अब त अभिभावकले पनि बुझ्न थाल्नुभएको छ । नागरीकता पनि मेरो बनाईदिनुभयो ।’

तमन्नाले आफु जस्तै आफ्नो गाउँको अरु किशोरीहरुलाई पनि सशतm बनाउने अभियानमा जुटिसकेको बताउँछिन्। यसले किशोरीहरुमा मात्र नभई अभिभावक, समुदाय र समाजमा पनि सकारात्मक परिवर्तन देखिन थालेको उनले बताइन् ।

तमन्नाहरुले चलाएकै अभियानमा जोडिएकी सामाजिक अभियन्ता किरण चौधरीले किशोरीहरु साप्ताहीक रुपमा बैठक बस्ने , समस्या सहित सामाधानको पाटो समेत पहिल्याउन थालेको बताउँछिन् । यसका साथै आँफुलाई सामाजिक र आर्थिक रुपमा सशतm बनाउने हरसम्भव प्रयास गर्ने तथा कसैलाई सहयोग चाहिएको खण्डमा कोषको स्थापना गरी सहयोग र साथ पनि दिने, संविधानमा उल्लेखित आफ्ना अधिकारका बारेमा समेत छलफल गर्ने गरेको अभियानमा आफुहरुको पनि साथ रहेको उनि बताउँछिन् ।

चौधरीले पहिला पहिला घरबाट निस्किन समेत डर र लाज मान्ने किशोरीहरुलाई यसरी आँफुसहित अन्य किशोरीहरुलाई पनि व्यतिmगत र सामाजिक मात्र नभई शैक्षिक र आर्थिक रुपमा पनि सशतm बनाउने अभियानमा लागेको देख्दा निक्कै गर्वको महसुस भइरहेको बताइन् ।

छपककी कै एक अभिभावक सकिना खातुनले आफ्नो वालविवाह भएपनि छोरीहरुको त्यस्तो हबीगत नहोस् भन्ने चाहन्छिन् ।उनले भनिन्,‘पुरानो जमानामा आर्थिक अवस्था कमजोर भएको कारण बुवाआमाले बढाउनु पनि भएन ।अनि सानैमा विवाह पनि गरिदिनुभयो जुन परम्पराकै रुपमा थियो । ईच्छा त धेरै थियो नि पढ्ने लेख्ने केही गर्ने ।तर मनको ईच्छा मारेर पनि जे भाग्यमा थियो त्यो भोग्नैपर्ने हुन्छ भनेर मानियो । तर अब हाम्रा छोरीहरुले पनि त्यहि भोग्न नपरोस् भनेर पढाउन पठाउँछु । सिप सिक्न पठाईरहेको छु । आत्म सन्तुष्टि मिलेको छ ,खुशी पन छु ।’

रिजवाना खातुन भन्छिन्,‘ हामीलाई अझपनि केही आफ्नो ईलिम अनुसारको सिपको व्यवस्थापन गरिदिन स्थानीय सरकारलाई आग्रह गर्छु । हामी अगाडी बढ्न चाहन्छौँ । हामीलाई अझपनि साथ दिने हातको आवश्यतmा छ ।’

सप्तरीकै ईटहरवा गाउँकी किशोरी ज्योती कुमारी मण्डलले पहिले गाउँटोलमा खासगरी किशोरीको अवस्था सोचेर चिन्तामा पर्ने गरेकोमा अहिले भने उनिहरुमा आएको बदवालवले खुशी लाग्ने गरेको बताइन् ।

जनता मावि महुलीका शिक्षक विरेन्द्र चौधरीले सबै भन्दा पहिले विधालयमा पनि रुढिवादी सोचमा परिवर्तन आउन आवश्यक रहेको बताउँछन् ।पहिले शिक्षक शिक्षिका वा छात्राहरुले कुनै पनि विषय जस्तै प्रजनन स्वास्थ्य , महिनावारी , प्याड लगायतका विषयमा कुराकानी पढाउन समेत अप्ठ्यारो मान्ने गरेको कारण राम्ररी पढाउन नसकिने हुँदा आधा अधुरो ज्ञानले झन् समाजमा नकारात्मकता फैलिने अवस्थामा रहेकोमा अहिले भने त्यस्तो अअवस्था नभएको उनि बताउँछन् । उनले भने,‘अहिले त विद्यालयमा चाहिएका बेला छात्राहरुले सहजै प्याड माग्छन् ।’

अग्निसाइर कृष्णसवरण गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरीले स्थानीय स्तरमा महिलासंग सम्बन्धित धेरै नै समस्या अझ विकराल रहेको बताउँछिन् ।
तर महिलाहरुलाई पहिले अरुको अगाडी निर्धक्क भएर बोल्न सक्ने , आफ्नो अधिकार बुझ्ने र आर्थिक रुपले पनि सशतm बनाउने कुरा सजिलो नरहेको अवस्थामा त्यस्ता महिलाहरुलाई सचेत र सबल बनाउने अभियानमा लागेको र त्यही अनुसार बजेट छुट्याएर काम गरिरहेको उनि बतााउँछिन् । आँफु महिला भएकै कारणले पनि सामाजिक सेवामा समर्पित विभिन्न संघसंस्थासंग समन्वय गरेर भएपनि सेफ हाउसको व्यवस्थापन गरी हिंसामा परेका महिलाहरुलाई संरक्षण दिनुका साथै उनीहरुलाई सिप सिकाई आर्थिक उपार्जन गराउन तर्फ पनि अग्रसर रहेको उनि बताउँछिन् ।

मधेसमा बालविवाहको तथ्यांक के छ ?
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार ,मधेस प्रदेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या अझ पनि ५० प्रतिशत भन्दा बढी छ ।त्यस्तै १५ देखी १७ वर्षभित्रै विवाह गर्ने २७.७ प्रतिशत छ । १० देखी १४ वर्षको उमेरसम्ममै विवाह गर्ने ९.३ प्रतीशत र १० वर्ष भन्दा मुनिका विवाह गर्ने ०.२ प्रतीशत गरी कुल ३७.२ प्रतीशत रहेको छ । यो तथ्यांक अनुसार १८ र २० वर्ष उमेरबिच विवाह गर्ने ३९.५ प्रतीशतमात्र छन् ।

Related posts

पर्साका सबै सरकारी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्न सीडीओ कार्यालयको निर्देशन

MadhesKhabar

वीरगन्जकी डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत

MadhesKhabar

पोखरीया ४ मा काँग्रेसको विरासत कायम , वडाअध्यक्षमा कानु विजयी

MadhesKhabar

Leave a Comment