Madhes Khabar
समाज

पोखरीया ४ मा काँग्रेसको विरासत कायम , वडाअध्यक्षमा कानु विजयी

मधेसखबर
वीरगन्ज,०४जेठ :
पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा पुन नेपाली काँग्रेसले बाजी माजेको छ ।
वडा नम्बर ४ को वडाअध्यक्षमा पुन काँग्रेसका उम्मेदवार एंव निवर्तमान वडा अध्यक्ष लक्ष्मण साह कानु विजयी भएका छन् । कानु ८१५ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वंन्द्धी नेकपा एमालेका जोगिंद्र प्रसाद रौनियारले ४१८ मत मात्रै पाए ।
२०७४ सालको निर्वाचनमा पनि कानु २५२ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Related posts

ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

MadhesKhabar

रेडक्रस रेशमकाेठी उपशाखाकाे सभापतिमा आस्वानी सर्वसम्मत चयन

MadhesKhabar

वीरगन्जमा घरको छतबाट खसेर बालिकाको मृत्यु

MadhesKhabar

Leave a Comment