Madhes Khabar
समाज हेडलाइन

ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ


वीरगंज १६,माघ : ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ रामनगर चोकबाट गोप्य सूचनाको आधारमा फरार प्रतिवादी पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा टोल बस्ने २३ वर्षीय प्रविन चौरसिया रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौरसिया भदौ २३ र २४ गते भएको Gen-Z आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडौं नख्खु कारागार कार्यालय, ललितपुरबाट फरार भएका थिए। ठगी मुद्दामा उनलाई ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।

फरार प्रतिवादीको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली तथा मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिई वीरगञ्ज कारागार कार्यालय पर्सामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका हुन्।

Related posts

निजगढ विस्फोट अपडेटः विस्फोट भएको शंकास्पद वस्तु ६५ सय रुपैयाँमा किनबेच भएको खुलासा

MadhesKhabar

वीरगन्जमा ट्रायलमा फेल भएकाहरुलाई जनकपुरबाट पास गराएर बाँडियो लाइसेन्स

MadhesKhabar

पर्सा : धानबारीमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

Leave a Comment