वीरगन्ज,८चैत : इस्लाम धर्मावलम्बीको पवित्र पर्ब रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुका लागि शुक्रबार साँझ वीरगन्ज महानगरपालिकाको आयोजनामा संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ । वीरगन्ज–१० आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित संयुक्त इफ्तारी वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाबाट गरी ३ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभमागी भए ।
आपसी भाईचारा अभिबृद्धि हेतु वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको संयुक्त इफ्तारीमा महानगरको ३२ वटै वडाका गरी करिब ३ हजार बढी मुस्लिम धर्मावलम्म्बीहरु सहभागी भएको मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।
शुक्रबार साँझ आयोजना गरिएको इफतारीमा सहभागी मुस्लिम धर्मावलम्बीहरुलाई महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गराएको उनले बताए ।
संयुक्त इफतारी समारोहमा आँफै पुगेर मेयर सिंहले मुस्लिम धर्मावलम्बीहरुलाई रमजान पर्बको शुभकामना आदान प्रदानपनि गरे ।मेयर सिंहले आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न आँफु हिन्दु धर्मावलम्बी भएतापनि मुस्लिमहरुको मुख्य पर्ब रमजानको उपलक्ष्यमा इफ्तार आयोजना गरिएको बताए ।
एकअर्काको धर्म र पर्बप्रति सम्मान गर्दै आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले तीन बर्षदेखि निरन्तर रमजानमा संयुक्त इफ्तारी समारोह आयोजना गर्दै आएको मेयर सिंहले बताए ।
इफ्तारी समारोहमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, विभिन्न वडाका वडाध्यक्ष,अन्य धर्मका अगुवा,महानगरपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो ।