Madhes Khabar
समाज

वीरगन्जमा घरको छतबाट खसेर बालिकाको मृत्यु

सांकेतिक फोटो

 

मधेसखबर
वीरगन्ज, १८ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा एउटा घरको छतबाट खसेर एक नाबालिकाको मृत्यु भएको छ । स्थानीय मुकेश ठाकुरकी छोरी २ वर्षीया सजना ठाकुरको छतबाट खसेर मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे ११ बजे छतको बाल्कोनीमा खेलिरहेकी बेला सजना अचानक तल खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारको लागी नारायणी अस्पतालमा लगिएको थियो ।

त्यहा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि एल.एस.न्युरो अस्पतालमा लगिएकोमा उपचारकै क्रममा साँझ ५ बजे उनको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Related posts

थारु कल्याणकारी सभा पर्साको साधारण सभा : थारुको अधिकार र पहिचानका लागि एकजुट हुन आह्वान

MadhesKhabar

ठाेरीका युवाहरुकाे फरक शैलीमा दशैं : आश्रममा ५७ हजारको सामग्री र नगद सहयाेग गर्दै खुशी साटासाट

MadhesKhabar

गर्मीकाे कहरमा डाक्टरहरुकाे समाज सेवा : नारायणी अस्पतालमा निशुल्क सर्वत पानी वितरण

MadhesKhabar

Leave a Comment