Madhes Khabar
समाज

वीरगन्जमा घरको छतबाट खसेर बालिकाको मृत्यु

सांकेतिक फोटो

 

मधेसखबर
वीरगन्ज, १८ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा एउटा घरको छतबाट खसेर एक नाबालिकाको मृत्यु भएको छ । स्थानीय मुकेश ठाकुरकी छोरी २ वर्षीया सजना ठाकुरको छतबाट खसेर मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे ११ बजे छतको बाल्कोनीमा खेलिरहेकी बेला सजना अचानक तल खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारको लागी नारायणी अस्पतालमा लगिएको थियो ।

त्यहा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि एल.एस.न्युरो अस्पतालमा लगिएकोमा उपचारकै क्रममा साँझ ५ बजे उनको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Related posts

कलैयामा चर्काे आवाजमा डिजे बजाउने व्यक्ति प्रहरी नियन्त्रणमा

MadhesKhabar

क्रियाशील युवा पत्रकार मञ्चले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा ३१ जनाले गरे रक्तदान

MadhesKhabar

पर्साकाे लहावरथकरीकाे सरकारी विद्यालयमा बालबालिकालाई न्यानाे लुगाकपडा वितरण

MadhesKhabar

Leave a Comment