वीरगन्ज,२९पुस:पर्साकाे पकाहा मैनपुर गाउँपालिकाकाे एक सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई समाज परिवर्तन नेपाल नामक संस्थाकाे समन्वयमा न्यानाे लुगाकपडा वितरण गरेकाे छ।
पकाहा मैनपुर गाँउपालिका-४ लहावर थकरीस्थित ब्रम्हस्थान नेपाल प्राथमिक विद्यालयका बालबालिकालाई राज हाेजियारीकाे सहयोगमा उनिकाे स्विटर, टोपी र ट्र्याक सुट वितरण गरिएको हाे।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले राज हाेजियारीका सञ्चालक र संथाका अध्यक्ष साहकाे कार्य निक्कै सराहनीय भएकाले यसलाई निरन्तरता दिन आग्रह गरे।
संस्थाका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता तथा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेललको प्रमुख अतिथ्यतामा भएको कपडा वितरण कार्यक्रममा वडाध्यक्ष ढेडी प्रसाद यादव, प्रधानध्यापक उमेश यादव, सशस्त्र प्रहरी नयाव उपरीक्षक द्रोवन ढकाल लगायतकाकाेपनि उपस्थिति थियाे।

