Madhes Khabar
समाज

प्रेमको झुठो प्रलोभन दिएर बालिकालाई बलात्कार गर्ने युवक वीरगन्जमा पक्राउ

वीरगन्ज,१३जेठः १३ वर्षीया बालिकालाई प्रेमको झुठो प्रलोभन दिदैं पटक पटक बलात्कार गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ६ सन्ठी गाँउका २३ वर्षीय विशाल यादव रहेका छन् ।

कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई यादवले प्रेम गर्छु भन्दै झुठो प्रलोभन दिएर ललाई फकाई पटक पटक बलात्कार गरेको पिडित बालिकाले बताएको प्रहरीले जनाएको छ ।

जेठ ८ गतेका दिनपनि विद्यालयबाट घर फर्कने क्रममा ती बालिकालाई यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित आफ्नो डेरामा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।

पिडित बालिकाको उजरीका आधारमा आरोपित यादवलाई जेठ १२ गते फत्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । पक्राउ गरिएका यादवलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध करणी सम्बन्धि कसूरमा मुद्धा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।

Related posts

पर्साका विपन्न र दलित परिवारलाइ झुल वितरण

MadhesKhabar

लालपर्साको विधालयमा बालबालिकाहरुलाई जुत्ता वितरण

MadhesKhabar

दशौतामा आयोजित निशुःल्क आँखा शीवीरमा १४८ जनाको आँखा परिक्षण

MadhesKhabar

Leave a Comment