Madhes Khabar
समाज

लालपर्साको विधालयमा बालबालिकाहरुलाई जुत्ता वितरण

मधेसखबर
वीरगन्ज,२६माघ : वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा अध्ययनरत बालबालिकालाई एक समाजिक संस्थाले जुत्ता वितरण गरेको छ ।

परिवर्तन फाउन्डेशन नेपाल नामक संस्थाले विधालयको कक्षा २ मा अध्ययनरत ३४ जना बालबालिकाहरुलाई एक एक जोर जुत्ता वितरण गरेको हो ।

वडा अध्यक्ष मनोज कुमार यादवको विशेष पलहमा बिहीबार संस्थाका पदाधिकारी र सदस्यहरुले विधालयमै पुगेर बालबालिकाहरुलाई जुत्ता वितरण गरेका हुन् । त्यस अवसरमा संस्थाका अध्यक्ष रणधीर बर्णवाल , केषाध्यक्ष सुशील पटेल , सदस्य बालेश्वर जयसवाल , अतुल पटेल, विधालयका प्रधानाध्यापक , शिक्षक , स्थानीय समाजसेवी लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

MadhesKhabar

बाराको त्रिवेणीमा आयोजित कार्यक्रममा २५ जनाले गरे रक्तदान

MadhesKhabar

त्रिशुली घटना : न लास भेटियाे, न जिउँदै भएकाे आस

MadhesKhabar

Leave a Comment