Madhes Khabar
समाज

लालपर्साको विधालयमा बालबालिकाहरुलाई जुत्ता वितरण

मधेसखबर
वीरगन्ज,२६माघ : वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा अध्ययनरत बालबालिकालाई एक समाजिक संस्थाले जुत्ता वितरण गरेको छ ।

परिवर्तन फाउन्डेशन नेपाल नामक संस्थाले विधालयको कक्षा २ मा अध्ययनरत ३४ जना बालबालिकाहरुलाई एक एक जोर जुत्ता वितरण गरेको हो ।

वडा अध्यक्ष मनोज कुमार यादवको विशेष पलहमा बिहीबार संस्थाका पदाधिकारी र सदस्यहरुले विधालयमै पुगेर बालबालिकाहरुलाई जुत्ता वितरण गरेका हुन् । त्यस अवसरमा संस्थाका अध्यक्ष रणधीर बर्णवाल , केषाध्यक्ष सुशील पटेल , सदस्य बालेश्वर जयसवाल , अतुल पटेल, विधालयका प्रधानाध्यापक , शिक्षक , स्थानीय समाजसेवी लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

उदयपुरमा ट्रक दुर्घटना हुदा बाराका चार जानको मृत्यु

MadhesKhabar

पर्साकाे लहावरथकरीकाे सरकारी विद्यालयमा बालबालिकालाई न्यानाे लुगाकपडा वितरण

MadhesKhabar

त्रिशुली दुर्घटनाका पिडित चन्दनलाई १२ कक्षासम्म निःशुल्क पढाई दिने जीवनज्योति स्कूलको घोषणा

MadhesKhabar

Leave a Comment