Madhes Khabar
समाज

दशौतामा आयोजित निशुःल्क आँखा शीवीरमा १४८ जनाको आँखा परिक्षण

मधेसखबर
वीरगन्ज,१७ मंसिर : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ दशौता गाँउमा शनिबार निशुल्क आँखा परिक्षण शीवीर सम्पन्न भएको छ ।दाइजो एंव समाजिक कुरिति विरुद्ध जागरण मन्च र वीरगन्ज कपडा बैंकको संयुक्त आयोजना र दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधीक सहयोगमा शीवीर सम्पन्न भएको हो ।

शीवीरमा १४८ जनाको आँखा चेकजाँच गरिएकोमा ४२ जनामा मोतियाविन्दूको समस्या फेला परेको आयोजक संस्थाका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले जानकारी दिए ।मोतियाविन्दूको समस्या भएकाहरुको आखाँको शल्यकृया यहि मंसिर २० र २१ गते वीरगन्जको दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरमा गरिने उनले बताए । शल्यकृया गर्दा लाग्दा खर्चको ६० प्रतिशत रकम छुट दिइने पनि उनले बताए ।

आँखा शीवीरको उद्घाटन जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवले गरेका थिए । त्यसअवसरमा वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहा,डक्टर अरविन्द गुप्ता,सन्जय चौधरी , रमेश प्रसाद कुशवाहा,सुधीर महतो केवट लगायतको पनि उपस्थिती थियो ।

Related posts

गणतन्त्र दिवसमा नारायणी अस्पतालमा नेविसंघद्वारा फलफूल वितरण

MadhesKhabar

न्यायका लागि कुरिरहेकी सरोजा रामको प्रश्न : मधेसका दलितले अन्याय कहिलेसम्म सहने सरकार ?

MadhesKhabar

गर्मीकाे कहरमा डाक्टरहरुकाे समाज सेवा : नारायणी अस्पतालमा निशुल्क सर्वत पानी वितरण

MadhesKhabar

Leave a Comment