Madhes Khabar
समाज

दशौतामा आयोजित निशुःल्क आँखा शीवीरमा १४८ जनाको आँखा परिक्षण

मधेसखबर
वीरगन्ज,१७ मंसिर : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ दशौता गाँउमा शनिबार निशुल्क आँखा परिक्षण शीवीर सम्पन्न भएको छ ।दाइजो एंव समाजिक कुरिति विरुद्ध जागरण मन्च र वीरगन्ज कपडा बैंकको संयुक्त आयोजना र दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधीक सहयोगमा शीवीर सम्पन्न भएको हो ।

शीवीरमा १४८ जनाको आँखा चेकजाँच गरिएकोमा ४२ जनामा मोतियाविन्दूको समस्या फेला परेको आयोजक संस्थाका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले जानकारी दिए ।मोतियाविन्दूको समस्या भएकाहरुको आखाँको शल्यकृया यहि मंसिर २० र २१ गते वीरगन्जको दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरमा गरिने उनले बताए । शल्यकृया गर्दा लाग्दा खर्चको ६० प्रतिशत रकम छुट दिइने पनि उनले बताए ।

आँखा शीवीरको उद्घाटन जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवले गरेका थिए । त्यसअवसरमा वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहा,डक्टर अरविन्द गुप्ता,सन्जय चौधरी , रमेश प्रसाद कुशवाहा,सुधीर महतो केवट लगायतको पनि उपस्थिती थियो ।

Related posts

बाराको निर्वाचन कार्यालयमा ताल्चा मार्ने वडा अध्यक्ष गुप्ता पक्राउ

MadhesKhabar

भारतीय आर्केष्टाबाट उद्धार गरिएका ९ जना चेलीलाइ नेपाल फिर्ता ल्याइयो

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो

MadhesKhabar

Leave a Comment