वीरगन्ज,२७पुस:वीरगन्जमा रहेकाे नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाकाे सभापतिमा जितेन्द्र आस्वानी सर्वसम्मत चयन भएकाे छ।रेडक्रस रेशमकाेठी उपशाखाकाे सम्पन्न ३० ओैं अधिवेशनबाट सभापतिमा आस्वानी चयन भएको छ।
उपशाखाकाे उपसभापतिमा सरिता यादव,सचिवमम लालबाबु सिंह,कोषाध्यक्षमा नवनित अग्रवाल,सहकोषाध्यक्षमा श्रवण रायमाझी,सहसचिवमा अभिलाष कुमार गुप्ता तथा सदस्यमा मुना खनाल लगायतपनि सर्वसम्मत चयन भएका छन् ।
उपशाखाका निवर्तमान सभापति नारायण यादवकाे अध्यक्षता तथा वीरगन्ज-५ का वडाध्यक्ष प्रदीप चाैरसियाकाे प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कोषाध्यक्ष महन्थ यादव,मन्त्री साबिर अहमद,वीरगन्ज-६ मा वडाध्यक्ष जय प्रकाश साह,समाजसेवी प्रकाश उपाध्यया,नरेन्द्र साह,अरविन्द सिंह,हुकुम सिंह,जुलुम सिंह लगायतकाकाेपनि उपस्थिति रहेको थियोे।

