Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जकी डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत

वीरगन्ज,२८पुष:वीरगन्जकी वरिष्ठ स्त्री तथा प्रसूति राेग विशेषज्ञ डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत भएकी छन् ।

वीरगन्जको सीता अस्पतालकी सञ्चालिका समेत डाक्टर चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड २०८० ´ बाट पुरस्कृत भएकी हुन् ।शनिबार चितवनकाे भरतपुरमा स्वास्थ्य दर्पणद्वारा आयाेजित कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य शंशाक काेइरालाले उक्त अवार्ड डाक्टर चासियालाई प्रदान गरे।

स्वास्थ्य र चिकित्सा क्षेत्रमा अतुलनीय याेगदान पुर्याएकाे भन्दै डाक्टर चाैरसियालाई स्वास्थ्य दर्पणले राष्ट्रिय हेल्थ अवार्डबाट पुरस्कृत गरेकाे डाक्टर चाैरसियाका पति डाक्टर दिलीप चाैरसियाले जानकारी गराए।

Related posts

एसईईमा पर्साबाट ४ जिपिए ल्याउन सफल सरकारी विद्यालयका विद्यार्थीसहित ८ जना सम्मानित

MadhesKhabar

पानीको संकटले ब्याकुल वीरगन्जबासीको घरदैलोमा संगै पुगे मन्त्रीद्वय यादव र चौरसिया

MadhesKhabar

सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण गर्ने षड्यन्त्र सफल हुँदैन : मन्त्री यादव

MadhesKhabar

Leave a Comment