Madhes Khabar
स्थानिय हेडलाइन

श्रेष्ठ र सोनललाई पनि समर्थकले लगाइ दिए चाँदीको मुकुट

मधेसखबर
वीरगन्ज,१२ मंसिर : चुनाव जितेका नेतालाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट लगाएर बधाई र सम्मान गर्ने चलन पर्साबाट अब बारा तिर पनि सरेको छ ।

बारा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा नवनिर्वाचित कृष्णा कुमार श्रेष्ठ(किसान) र बारा ४ (ख) को प्रदेशसभामा नवनिर्वाचित जितेन्द्र सोनललाई उनिहरुका कार्यकर्ता र समर्थकहरुले चाँदीको मुकुट पहिर्याएर बधाइ दिनका साथै सम्मान गरेका हुन् ।

सोमबार बिहान मतदातालाई धन्यवाद ज्ञापन गर्न बाराको इटियाहीमा पुगेका नवनिर्वाचितद्वय श्रेष्ठ र सोनललाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट र ५१ किलोको माला लगाएर बधाइ दिदै सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले बताए ।

श्रेष्ठ , बारा ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एकिकृत समाजवादीबाट र सोनल , बारा ४(ख)को प्रदेशसभा सदस्यामा लोसपाबाट निर्वाचित भएका हुन् ।

यसअघि आइतबार मात्रै पर्सा ४ को प्रतिनिधीसभा सदस्यमा निर्वाचित काँग्रेसका रमेश रिजाललाई पनि धोबिनी गाँउपालिकाको हरिहरपुरमा उनका समर्थक र कार्यकर्ताले चाँदीको मुकुट लगाइदिएर बधाइ दिएका थिए ।

 

Related posts

१ सय ३१ वर्षको यात्रा पुरा गरेको नारायणी अस्पतालले दिनहुँ दिन्छ १३ सय बढी बिरामीलाई सेवा

MadhesKhabar

बाराकाे मुसहर बस्तीमा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

MadhesKhabar

प्रेमीसंग मिलेर श्रीमानको हत्या गर्ने सोनम बारामा पक्राउ

MadhesKhabar

Leave a Comment