Madhes Khabar
शिक्षा हेडलाइन

झौवागुठीको विद्यालयमा भवन बनाउन प्रदेशसभा सदस्य क्षेत्रीले दिए ९ लाख ९० हजार

वीरगन्ज, ८ जेष्ठ : पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ झौवागुठीस्थित  रामपृत रामस्वरुप चौरसिया माध्यमिक विद्यालयमा दुई कोठे भवन निर्माण गर्न थालिएको छ ।नेपाली कांग्रेस पर्साका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले संसदीय कोषबाट उपलब्ध गराएको ९ लाख ९० हजार रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण गर्न लागिगएको हो ।

सोमबार प्रदेशसभा सदस्य क्षेत्रीले नै उक्त भवनको पूजापाठ गरि शिलान्याश गरेका हुन् । विधालयमा कोठाको अभावमा विद्यार्थीको पठनपाठनमा समस्या भएपछि प्रदेशसभा सदस्य क्षेत्रीले दुई कोठे भवन निर्माणका लागि आफनो संसदीय कोषबाट ९ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको नेपाली कांग्रेसका बिन्दवासिनी गाँउपालिकाका सभापति विवेक चौरसियाले जानकारी दिए ।

शिलान्याश कार्यक्रममा बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष जयप्रकाश चौरसिया,वडा नम्बर ४ का वडाध्यक्ष अनोज चौरसिया, वडा नम्बर २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, रामचन्द्र चौरसिया, छठुलाल प्रसाद चौरसिया, सन्तोष चौरसिया,अजय कुमार गुप्ता, मुनिलाल तत्वा,विद्यालयका प्रधानाध्यापक रामचन्द्र महतो, नन्दु प्रसाद यादव , राजेश्वर चौरसिया लगायतको पनि सहभागिता रहेको थियो ।

Related posts

दशैंका बेला मधेस प्रदेशमा भएका सवारी दुुर्घटनामा २९ को मृत्यु , ३१३ घाइते

MadhesKhabar

छठ पूजाको उपलक्ष्यमा यसपालि पनि घडिअर्वा स्पोटर्स क्लबले रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

बारामा प्रहरीका भान्से रुम्बाको हत्या प्रकरण: अनुसन्धान विभागका अधिकृतसहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment