
मधेसखबर
वीरगन्ज,२८ असार : नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाइ ,पर्साको पोखरीयामा भव्य स्वागत र सम्मान गरिएको छ ।
मङगलवार पोखरीया नगरपालिकाका जनप्रतिनिधी , कर्मचारी र स्थानीयले मन्त्री यादवलाइ स्वागत र सम्मान गरेका हुन् ।
पोखरीया नगरपालिकाको कार्यालयमा मेयर प्रधुमन चौहान , उपमेयर रुवी देवी र प्रमुख प्रशासकीय अधिकृत अशोक रौनीयारले मन्त्री यादवलाइ फुल माला र गम्छा पहिरयाएर स्वागत र सम्मान गरेका हुन् ।
त्यसअवसरमा मन्त्री यादवलाइ मायाको चिनो पनि प्रदान गरेका थिए ।

स्वागत र सम्मान ग्रहण गर्दै मन्त्री यादवले पर्सावासीको सहयोग र साथले नै आफु मन्त्री बन्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले आफु प्रति पोखरीया र जिल्लावासीले प्रकट गरेको हार्दिकताले आफुलाइ थप जिम्मेवार बनाएको बताए । पोखरीया नगरपालिका सहित समग्र जिल्लाको विकासका लागि आफनो कार्यकालमा दिलोज्यानले काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

