Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको भेलाहामा आगलागीले घर जलेर खरानी हुदाँ चिसोमा पिडित परिवारको बिचल्ली

वीरगन्ज,१६पुसःपर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ४ श्यामपुर भेलाहामा एउटा फुसको घरमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय विमल साह गोडको फुसको घरमा बुधबार साँझ करिब ५ बजे खाना पकाउने क्रममा आगलागी भएको हो। आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, ओछ्यानलगायत सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

घर जलेर नष्ट भएपछि पीडित परिवार अहिलेको कठ्यांग्रीदो जाडोमा खुला आकाशमुनि रात बिताउन बाध्य छन् । आगलागीबाट घरसंगै घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन लगायतका सबै सामानपनि जलेर खरानी भएपछि परिवारनै बिचल्लीमा परेको पिडित विमलका छोरा सोनालाल साह गोडले बताए।उनका अनुसार,दैनिक जीवनयापनका आवश्यक सबै सामग्री नष्ट हुँदा खाना पकाउने र बासको समस्या भएको छ।

चिसो मौसमका कारण थप कठिनाइ भोगिरहेका पीडित परिवारले स्थानीय सरकार तथा सरोकारवाला निकायसँग तत्काल राहतको माग गरेका छन्।

Related posts

वीरगन्ज महानगरले आयोजना गरेको इफ्तारीमा ५ हजार भन्दा बढि मुस्लिम धर्मावलम्बी सहभागी

MadhesKhabar

पर्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

MadhesKhabar

वीरगन्जको सानाे पाइला सहकारीका सञ्चालक र कर्मचारीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

Leave a Comment