वीरगन्ज,८असार:पत्नीको घाँटी थिचेर हत्या गरेको आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्साकाे जगरनाथपुर गाँउपालिका-४ जगरनाथपुरका २३ वर्षीय सफि सफि राजा मियाँ रहेका छन्।सफिकी पत्नि २१ वर्षीया लालबिबी खातुन आफ्नै सुत्ने काेठामा शनिबार राति मृत अवस्थामा भेटिएकी थिइन्।उक्त खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको प्रहरी टाेली घटनास्थलमा पुगेर शवकाे मुचुल्का उठाएर पाेष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको थियाे।
त्यसपछि अनुसन्धान थालेकाे प्रहरीले खातुनकाे हत्या उनका पति सफि राजाले गरेकाे आशंका भएपछि आइतबार उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले बताए ।उनलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध ज्यान सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति लएर थप अनुसन्धान भइरहेको उनले बताए ।
मृतक खातुन र उनका पति सफि राजाबीच मनमुटाव रहेकाे,आपसमअ बाेलचाल समेत नरहेकाे,पति राेजगारीबाट घर फर्किएर आउँदा पत्निले राम्रो व्यवहार नगर्ने गरेकाेका कारण खातुनकाे उनकै पति सफि राजाले हत्या गरेकाे अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

