प्रमाेद यादव
पर्सा,२६ साउन:पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ५ का वडाध्यक्ष विपिन मुखियाले आफ्नो वडाभित्रका विभिन्न टोलमा सेवारत ६ जना चौकीदारहरूलाई कार्यसम्पादनमा सहजताका लागि आवश्यक सामग्री प्रदान गरेका छन् ।
वडाध्यक्ष मुखियाले टाेलमा घुमेर चाैकीदारी गर्ने चौकीदारहरूलाई प्रतिव्यक्ति एक/एक थानको दरले साइकल, टर्चलाइट र बर्षाती (रेनकोट) प्रदान गरेका हुन्। गाउँटोलको सुरक्षा र सुव्यवस्थामा रातदिन नभनी खटिने चौकीदारहरूको मनोबल उच्च बनाउन र उनीहरूको दैनिक कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी सामग्रीहरू प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयका सचिव मोहमद कादिर अन्सारीको उपस्थिति भएको उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा स्थानीय सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।

