Madhes Khabar
स्थानिय

सखुवा प्रसाैनी गाँउपालिकाले २० जना महिलालाई तालिम दिएर बाँड्याे सिलाई मेसिन

वीरगन्ज,६असार:पर्साकाे सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा महिलाहरूको सिप विकास तथा आत्मनिर्भरता अभिवृद्धिका लागि सञ्चालित तीन महिनाको सिलाई कटाई तालिम सकिएको छ।गत जेठ ५ गतेदेखि सुरु भएको तालिम बिहीबार सकिएको हाे।उक्त तालिममा २० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमकाे समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष यसवन्त यादवले सबै सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सबैलाई एक/एक थान सिलाई मेसिन प्रदानसमेत गरे।

कार्यक्रममा बाेल्दै अध्यक्ष यादवले तालिममार्फत महिलाहरूमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना बढ्ने विश्वास व्यक्त गरे।

समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशुवाहा, सामाजिक विकास शाखा प्रमुख विनोद यादव, प्रशिक्षक राजमती देवी चौधरीकोपनि उपस्थिति रहेको थियो।

Related posts

पथलैया-निजगढ सडकखण्डमा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

MadhesKhabar

विदेश पठाउन दिएकाे रकम फिर्ता नगर्ने एजेन्टलाई बन्धक बनाएर राखेका ४ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

बहुदरमाई नगरपालिकामा ७ महिनादेखि चल्दै आएको विवाद दुवै मन्त्रीको पहलमा सल्टाइयो

MadhesKhabar

Leave a Comment