Madhes Khabar
स्थानिय

सखुवा प्रसाैनी गाँउपालिकाले २० जना महिलालाई तालिम दिएर बाँड्याे सिलाई मेसिन

वीरगन्ज,६असार:पर्साकाे सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा महिलाहरूको सिप विकास तथा आत्मनिर्भरता अभिवृद्धिका लागि सञ्चालित तीन महिनाको सिलाई कटाई तालिम सकिएको छ।गत जेठ ५ गतेदेखि सुरु भएको तालिम बिहीबार सकिएको हाे।उक्त तालिममा २० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमकाे समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष यसवन्त यादवले सबै सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सबैलाई एक/एक थान सिलाई मेसिन प्रदानसमेत गरे।

कार्यक्रममा बाेल्दै अध्यक्ष यादवले तालिममार्फत महिलाहरूमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना बढ्ने विश्वास व्यक्त गरे।

समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशुवाहा, सामाजिक विकास शाखा प्रमुख विनोद यादव, प्रशिक्षक राजमती देवी चौधरीकोपनि उपस्थिति रहेको थियो।

Related posts

वीरगन्जको जय माँ किराना स्टाेर्सबाट तस्करीको २३ क्वीन्टल केराउ बरामद

MadhesKhabar

आँफुले चाहेकाे कर्मचारी नपठाएको झाेंकमा जिराभवानीका अध्यक्ष चाैधरीले सुशीला सरकारलाई दिए धम्की

MadhesKhabar

मालवाहक ट्रकमा गाँजाको तस्करी गर्ने दुई जना बारामा पक्राउ

MadhesKhabar

Leave a Comment