Madhes Khabar
स्थानिय

मालवाहक ट्रकमा गाँजाको तस्करी गर्ने दुई जना बारामा पक्राउ

बारा,१८बैशाखःमालवाहक ट्रकमा लागू औषध गाँजा ओसारेर तस्करी गर्ने दुई जना ट्रकसहित बारामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुरको मनहरी गाँउपालिका–२ स्थायी घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का ३२ बर्षिय आकाश भन्ने दीपक कोइराला र ट्रकमा सवार हेटौडा– १३ पदमपोखरीका ३० बर्षिय जीवन घलान रहेका छन् ।

बाराको रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई निजगढ नगरपालिका वडा नम्बर १० लालपार्कस्थित सडकमा सोमबार राति १०।३० बजे प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त ट्रकमा ७ वटा ठूला पोकामा रहेको दुई क्वीन्टल १६ केजी गाँजा भेटिएपछि प्रहरीले ट्रक चालक कोइराला र घलान दुवै जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उक्त ट्रकपनि नियन्त्रणमा लिइएको न्यौपानेले बताए ।

गाँजासहित पक्राउ परेका दुवै जनालााई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

 

 

Related posts

लामखुट्टेको प्रकोप बढेपछि वीरगन्ज महानगरमा विषादी छर्कने तयारी, तपाईको वडामा कहिले ?

MadhesKhabar

वीरगन्जमा दिउँसै महिलामाथि गाेली प्रहार, गाेली हान्ने शर्मा पेस्ताेलसहित पक्राउ

MadhesKhabar

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment