Madhes Khabar
स्थानिय

सिर्सिया नदि सरसफाइको काम छिट्टै शुरु हुन्छ – मेयर सिंह

मधेसखबर
वीरगन्ज,१७जेठः
वीरगन्ज महानगरपालिका नवविनर्वाचित मेयर राजेशमान सिंहले झण्डै तीन दशक देखि प्रदुषित सिर्सिया नदिको सरसफाइ छिटटै शुरु गर्ने बताएका छन् ।
आफनो चुनावी घोषणापत्रमा पनि सिर्सिया नदिको सफाइ र अतिक्रमण मुक्त बनाउने वाचा गरिएकाले नदिको सरसफाइ छिटटै शुरु गर्ने मेयर सिंहले बताएका छन् ।
भारत रक्सौलबाट गत आइतबार इन्डो–नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले वीरगन्जमै आएर नवनिर्वाचित मेयर सिंहलाइ स्वागत र सम्मान गर्ने क्रममा मेयर सिंहले यस्तो बताएका हुन् ।
बाराको रामवनबाट शुरु भइ पर्साको वीरगन्ज हुदै रक्सौल सम्म बग्ने सिर्सिया नदि वीरगन्जको लाइफलाइन हो । तर यो नदि करिब तीन दशक देखि उद्योग कलकारखाना र महानगरको ढल नालाको फोहोर पानीले प्रदुषित बनेको छ ।
भारतीय व्यपारीहरुसंगको छलफलमा मेयर सिंहले सिर्सिया नदिको सरसफाइ आफनो प्राथमिकतामा रहेको बताए ।
उनले भारतीय सवारी साधनहरूसँग महानगरमा अवैध शुल्क उठाउने कार्य पनि बन्द गर्ने आश्वासन दिए ।
इन्डो–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजकुमार गुप्ताले सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि मेयर सिंहसंंग आग्रह गरेका थिए । उनले वीरगन्जबाट बग्ने सिर्सिया नदीमा उद्योगहरुको रसायनयुक्त पानीले रक्सौलका मानिसलाई पनि समस्या भइरहेको तर्फ ध्यानाकर्षण गराए । यसका साथै वीरगन्ज भन्सार क्षेत्रमा अपरान्ह ४ बजेदेखि सँँझ ६ बजेसम्म सवारीसाधनको इन्ट्री गर्ने व्यवस्था मिलाउन तथा राति ११ बजेसम्म निजी सवारी साधन रक्सौल जान पाउने व्यवस्था मिलाइ दिन पनि उनले आग्रह गरे । यसले दुवै शहर बीच व्यापार बढ्ने र पर्यटन व्यवसाय पनि फस्टाउने सुझाव उनको थियो ।
रक्सौलबाट आएको प्रतिनिधि मण्डलमा पप्पु केसरीवाल, धनराज साह, देशबन्धु कुमार, रमेश कुमार, रामकुमार , विकास कुमार लगायतको पनि सहभागिता थियो ।

Related posts

बैशाख ३० शुक्रबारको चुनावका लागि मौन अवधी सुरु

MadhesKhabar

बारामा १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका पासवान काठमाडौंबाट पक्राउ

MadhesKhabar

अख्तियारमा देशभरिमै बढी उजुरी परेका १० स्थानीय तहमध्ये पर्साकाे छिपहरमाई गाँउपालिका पनि

MadhesKhabar

Leave a Comment