Madhes Khabar
स्थानिय

बारामा १४ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका पासवान काठमाडौंबाट पक्राउ

बारा,२९साउन: बारामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउपालिका वडा नम्बर ४ का २६ वर्षीय पन्नालाल पासवान रहेका छन्।

प्रहरीका अनुसार पासवानले गत पुस १६ गते रातिको समयमा गाँउकै १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

पासवानलाई काठमाडौं-३ बसुन्धारामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए।

पक्राउ परेका पासवानलाई बारा जिल्ला अदातलबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।

Related posts

तिलावे पुलको भत्किएको एप्रोच सडक मर्मतका लागि कांग्रेस र नेविसंघको पहल

MadhesKhabar

राष्ट्रिय कर्मचारी संगठन निजामती पर्सा अध्यक्षमा कुर्मी र बारा अध्यक्षमा कुशवाहा चयन

MadhesKhabar

पटेर्वा सुगाैलीबाट तीन थान सालकाे गाेलिया काठ बरामद,तस्करहरु फरार

MadhesKhabar

Leave a Comment