Madhes Khabar
स्थानिय

पटेर्वा सुगाैलीबाट तीन थान सालकाे गाेलिया काठ बरामद,तस्करहरु फरार

प्रमाेद यादव
पर्सा,२२फाल्गुन:पर्साकाे पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर २ विश्राम टाेलबाट वन गस्ती टाेलीले तीन थान सालकाे गाेलिया काठ बरामद गरेकाे छ।

तस्करहरुले राष्ट्रिय वनबाट रुख फडानी गरी साइकलमा लाेड गरेर देउरबनाकाे चिरानमिलमा लैजादै गरेकाे सालकाे गाेलिया काठ विश्राम टाेलबाट बेलवा जाने सडकखण्डबाट सब डिभिजन वन कार्यालयकाे टाेलीले बरामद गरेकाे हाे।

वन गस्ती टाेलीलाई देख्ने बित्तिकै तस्करहरु काठसहितकाे साइकल छाडेर फरार भएकाे रेञ्जर कपिलदेव यादवले बताए ।उक्त स्थानबाट २५ घनफिट बराबरकाे तीन थान गाेलिया काठ बरामद गरिएको उनले बताए ।बरामद काठ सब डिभिजन वन कार्यालय रंगपुर टाँडीमा राखिएको र फरार भएका तस्करहरुकाे खाेजी भइरहेकाे यादवले जानकारी दिए।

Related posts

विश्व वातावरण दिवसकाे अवसरमा सेढवामा वृक्षाराेपण र जनचेतनामूलक रयाली

MadhesKhabar

मेयरमाथि दुव्यर्वहार गर्नेलाई कारबाही गर्न जसपाको माग

MadhesKhabar

चुनावमा पार्टी फेर्दै हिड्ने माओवादी नेता शिवकुमार साह तेली पर्सा प्रहरीको थुनामा

MadhesKhabar

Leave a Comment