Madhes Khabar
स्थानिय

राष्ट्रिय कर्मचारी संगठन निजामती पर्सा अध्यक्षमा कुर्मी र बारा अध्यक्षमा कुशवाहा चयन

मधेसखबर
वीरगन्ज,२२माघ : नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती पर्साको अध्यक्षमा सुनिल कुमार कुर्मी चयन भएका छन् । वीरगन्जमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले कुर्मीको अध्यक्षतामा जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा धिरेन्द्र कुमार साह र पासपति जैसवाल, सचिवमा श्यामबाबु राय, सह–सचिवमा प्रदीप कुमार साह, कोषाध्यक्षमा शिवहरी तिवारी तथा सदस्यहरुमा पुजा गुरुङ, रन्जिता पौडेल, शुभनारायण यादव, विपिनकिशोर साह, भिमबहादुर गोले, अजय कुमार मुखिया, पदम बहादुर कार्की चयन भएको छ ।

यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बाराको अध्यक्षमा रामबाबु कुशवाहा, उपाध्यक्षमा मोतिलाल प्रसाद साह र संगीता कुमारी उपाध्याय, सचिवमा रामजतन भगत, सह–सचिवमा जाहिद आलम, कोषाध्यक्षमा बनारसी प्रसाद धानुक तथा सदस्यहरुमा खेमराज साह, मनोज जैसवाल, युसुफ आजाद अन्सारी, राजेश साह, जितेन्द्र कुमार साह लगायत चयन भएका छन् ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अनिल श्रेष्ठको प्रमुख आतिथ्यता एंव प्रदेशसभा सदस्य रहबर अन्सारीको विशिष्ट आतिथ्यतामा भएको जिल्ला अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय उपाध्यक्ष अम्बादत्त भट्ट, केन्द्रिय उपाध्यक्ष उमेश यादव, मधेश प्रदेश अध्यक्ष विनोद चौधरी , धनुषा अध्यक्ष मुनेशवर यादव , रौटहट अध्यक्ष रामरेखा चौरसिया, केन्द्रिय सल्लाहकार संयोजक धन बहादुर बडुवाल, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सदस्यहरु अलि अकबर हुसैन, रुपलाल साह, अशोक जैसवाल, करण पटेल, अखिल क्रान्तिकारीका मधेश प्रदेश अध्यक्ष जुबैर आलम लगायतको उपस्थिति रहेको प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुभाष चन्द्र गुप्ताले जानकारी दिए ।

Related posts

वीरगन्ज :सार्वजनिक बोरीङबाट पानी लैजान नदिनेको दैलोमा वडाध्यक्षले थुपारिदिए फोहोर

MadhesKhabar

चिया पसलमा टीकाटिप्पणी गर्नु भन्दा महानगरमै आउनुस्,छलफलका लागि म सधैं तयार छु:मेयर सिंह

MadhesKhabar

पर्सामा राष्ट्रिय झण्डा चाेरेकाे आराेपमा पक्राउ परेका ११ जनाविरुद्ध मुद्दा दर्ता

MadhesKhabar

Leave a Comment