वीरगन्ज,२६पुस:सहकारी संस्थाकाे भूमिका गरीब निमुखाको जिवनस्तर उकास्ने हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका दिएका छन्।शुक्रबार वीरगन्जको स्वच्छ बचत तथा ऋण सहकारी संस्थाकाे १२ औँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले यस्तो बताए हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सधै रोएर तनावमा बस्नुभन्दा अबका दिनमा कसरी राम्रो गर्ने भन्ने विषय तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।उनले भने,`कार्यक्रम वर्षमा एक पटक हुन्छ त्यो बेलामा मात्र सम्झिने भन्दा पनि वीरगन्ज महानगरपालिकासंंग पब्लिक पार्टनरसिपमा काम गर्न हातेमालो गर्न आउनुस् हामी तैयार छौँ।´
उनले आँफु मेयरमा निर्वाचित भएर आएपछि पहिलेको तुलनामा सरकारले महानगरपालिकाको बजेट नै कम गरीदिएकाे भएपनि उपलब्ध श्राेत साधनकाे भरपुर उपयाेग गरेर कार्य गरिरहेको र केही हदसम्म सफल भएकोपनि बताए ।उनले वीरगन्ज आफ्नो जन्मभूमी र कर्मभूमी भएको भन्ने कुरालाई मनन् गर्दै सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
चिया पसलमा अनावश्यक टिकाटिप्पणी र चियोचर्चा गर्नुभन्दा महानगरपालिका कार्यालय सबैको लागि खुल्ला रहेको भन्दै उनले स्वागत गर्न र छलफल तथा हातेमालो गरेर अगाडी बढ्न आँफु तयार रहेको बताए।
कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राकेश यादवले भने,`सहकारीलाई जब जब आम्दानीको माध्यम बनाईयो अर्थात आर्थिक लाभको माध्यम बनाईयो तब तब सहकारी प्रतीको नकारात्मक अवस्था र दृष्टिकोण देखियो।एउटा सहकारीको बदमाशीले स्वच्छ मनले कार्य गरीरहेका अरु सहकारीलाई पनि समस्यामा पारेकाे छ।´उनले सहकारीले राम्रो काम गर्ने गरेको तथा आर्थिक अवस्थाका कमजोर मानिसहरुको लागि हुने गरेको अवधारणामा आधारित रहेर कार्य गर्नुपर्नेमा जोड दिए।
प्रत्येक वडा , स्थानीय तह, प्रदेश तथा संघ सबैमा सहकारीको आ-आफ्नै ऐन रहेको कारण एउटै कामको लागि थरीथरीका ऐनले झन् सहकारी सकृय रुपमा निरन्तर संचालन गर्न समस्या भईरहेको जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक तथा शिवम् बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक राजेन्द्र प्रसाद जयसवालले बताए।
संस्थाका अध्यक्ष पवन कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक चन्द्रशेखर साहले संस्थाको आय व्यव विवरण प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०८०/०८१ मा शेयर पुजी तर्फ चार करोड १३ हजार ७ सयको कारोबार गरेको जानकारी गराए। बचत निक्षेपतर्फ १४ करोड ४९ लाख ४२ हजार ८ सय ३३ रुपैया ८६ पैसा रहेको उनले बताए।
त्यस्तै कर्जा लगानीतर्फ १२ करोड ४५ लाख ९१ ह्जार ३ सय ९८ रुपैया १२ पैसा रहेको तथा ३५ लाख ६९ हजार १ सय ३ रुपैया पैसा ९२ नाफा आर्जन गर्न सफल भएको उनले जनाए ।
कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष संजय अग्रवालले गरेका थिए । कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिईन् ।

