Madhes Khabar
स्थानिय

वडासदस्यको निधन भएको शोकमा बिहीबार वीरगन्ज महानगरपालिका बन्द रहने

माधुरी महतो
वीरगन्ज ,०८असार : वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्य कृष्ण कुमार यादवको निधन भएको शोकमा बिहीबार वीरगन्ज महानगरपालिका कार्यालयको अत्यावश्यक बाहेकका सबै सेवा बिहीबार बन्द हुने भएको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार साँझ जारी गरेको शोक वक्तव्यमा वडा सदस्य यादवको निधन भएको शोकमा बिहीबार महानगरपालिकाको अत्यावश्यक वाहेकका सबै सेवा बन्द रहने उल्लेख छ ।

यस्तै मेयर सिंहले वडा सदस्य यादवको निधन प्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट पनि गरेका छन् ।

गत जेठ २० गते मकवानपुरको मकवानपुरगढी घुम्न गएका बेला सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका ३७ वर्षिय वडा सदस्य यादवको उपचारका क्रममा मङगलबार राति मृत्यु भएको थियो ।

गर्दै नगर सभाका सदस्य श्री यादवको असामयिक दुःखद निधनप्रति सम्मान व्यक्त गर्दै महानगरपालिका अन्तर्गतका अत्यावश्यक
मकवानपुरको गढी गाउँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा सवारी दुर्घटना परी घाइते भएका यादवको चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । थप उपचारका लागि मंगलबार राति काठमाण्डौं लैजाने क्रममा बाटो मै उनको निधन भएको हो ।

यादव जनता समाजवादी पार्टी (जसपा) बाट स्थानिय तह निर्वाचन २०७९ मा वीरगन्ज २४ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

Related posts

मन्त्री यादवको निर्देशनमा पर्साकाे लहावर थकरीमा डीप बोरिङ जडान, ५० परिवार लाभान्वित

MadhesKhabar

वप्रका विर्ता मातहतका प्रहरी कार्यालयहरुलाई आगाे निभाउने उपकरण वितरण

MadhesKhabar

पर्साको गादी खोलामा कज्वे पुल निर्माण सुरु,गाँउपालिका अध्यक्ष चौधरीले गरे शिलान्यास

MadhesKhabar

Leave a Comment