वीरगन्ज,१५असोजःभास्सिएर भत्किन थालेको तिलावे पुलको एप्रोच सडक मर्मतका लागि नेपाली कांग्रेस र नेविसंघका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।पर्सा जिल्लाको लाइलाइनका रुपमा रहेको वीरगन्ज–पोखरिया सडकखण्डमा पर्ने तिलावे पुलको एप्रोच सडक भास्सिएर भक्तिन थालेपछि त्यहाँ दुर्घटनाको जोखिम बढेकोे छ ।
मंगलबाार नेपाली कांग्रेसका युवा नेता राकेश यादव र नेविसंघ पर्साको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको ध्यानाकर्षण गराएको हो । त्यसक्रममा कांग्रेस र नेविसंघका नेताहरुले तिलावे पुलको एप्रोच सडक तत्काल मर्मतका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी भुसालसंग आग्रह गरे । जिल्लाका ग्रामीण भेगका जनताको सदरमुकाम आउजाउ गर्ने मुख्य सडकमा पर्ने तिलावे पुलको एप्रोच सडक भास्सिएर भत्किन थालेको र तत्काल मर्मत नगरिएको खण्डमा सदरमुकामसंग ग्रामीण भेगको सडकसम्पर्क नै टुट्ने भएकाले चासो लिन उउनिहरुले आग्रह गरे ।
जवाफमा प्रमुख जिल्ला अधिकारी भुसालले यस विषयमा आँफु चिन्तित रहेको बताउँदै एप्रपोच सडक भत्किएको ठाँउमा तत्कालका लागि ग्राबेल भरेर खाल्डो पुर्नका लागि सम्बन्धित निकायलाई निर्देशनपनि दिएको भेटमा सहभागी नेविसंघ पर्साका सभापति रमेश यादवले जानकारी दिए ।