Madhes Khabar
स्थानिय

बैशाख ३० शुक्रबारको चुनावका लागि मौन अवधी सुरु

मधेशखबर
२८ बैशाख , २०७९ ,वीरगंज

बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मंगलबारारती १२ बजेदेखी मौन अवधि सुरु भएको छ । अब बैशाख ३० गतेको मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाईंने आयोगले जानकारी दिएको छ ।
चुनावको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने आचारसंहिताका विपरीतका गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न मौन अवधि आवश्यक हुने गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले चुनाव प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यसबमोजिम आचरण पालन गरिदिन आयोगले सबैसँग आग्रह गरेको छ ।
यस्तै सरकारले मंगलबार रातिदेखि नै ७२ घण्टासम्मका लागि भारत र चीनसंग सीमा जोडिएका अन्तर्राष्ट्रिय नाका बन्द गरेको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिन बैशाख ३० गते सम्मका लागि वीरगन्ज सहितका सीमा नाका बन्द गरिएको छ । मतदानको दिन भन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र निर्वाचन प्रचार गर्न पनि बन्देज लगाउने गरिन्छ । नेपालका पर्सा , बारा सहितका ४२ जिल्ला भारत र चीनसँग जोडिएका छन् । भारतसँग जोडिएका खुल्ला सीमाले आवागमन रोक्न भने चुनौती हुने गरेको छ ।

Related posts

पर्साकाे हुलाकी सडक दुर्घटना(अपडेट) : एक जनाकाे मृत्यु , अर्काे घाइते आइसियुमा

MadhesKhabar

जनताकाे गुनासो सुन्न मेयर सिंह गाउँमा

MadhesKhabar

संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment