Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा राष्ट्रिय भूमि आयोगको काममा सहयोग गर्ने दलहरुको प्रतिबद्धता

मधेसखबर
वीरगन्ज,१५माघ : पर्साका राजनीतिक दलहरुले राष्ट्रिय भूमि आयोगले गर्ने काममा सहयोग गर्न प्रतिबद्धता जनाएका छन् ।आइतबार वीरगन्ज स्थित आयोगका कार्यालयमा भएको छलफलमा सहभागी प्रमुख राजनीतिक दलका नेताहरुले अव्यवस्थित बसोवास र भूमिहिनका लागि भूमिको व्यावस्था गर्न गठित भूमि आयोगले पर्सामा गरिरहेको काममा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

आयोगले जिल्लाका १४ वटै पालिकासँग समन्वय गरेर भूमिहिनको समस्या समाधान गर्नका लागि आयोगले गरिररहेका काममा सहयोगको प्रतिबद्धता गराउन जिल्लामा सकृय राजनीतिक दलहरुसँग आइतबार छलफल गरेको हो ।छलफलमा भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले आयोगले पर्सामा हाल सम्म गरेका कामका प्रगति बारे दलका नेताहरुलाइ जानकारी गराएका थिए । त्यसक्रममा उनले २०७८ चैत २४ गते आयोगका पदाधिकारीहरुले सपथ ग्रहण गरेपछि १४ वटै पालिकामा ३५ दिने सूचना प्रकाशित गरी हालसम्म अभिमूखिकरण कार्यक्रमका साथै बैठक र सहमति पत्रमा हस्ताक्षर लगायतका काम सम्पन्न गराइसकेको जानकारी दिए ।

पर्सामा भूमि आयोगले अब छिट्टै प्रत्येक पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर स्थानीय तहमा भूमि आयोगले गर्ने काममा समन्वय गर्ने निर्णय पनि गरेको अध्यक्ष अहमदले बताए ।भूमी आयोगले पर्सागढी नगरपालिकामा ७८ घरधुरीको प्रकृया टुंग्याउन लागेको र उनीहरुलाई चाडै लालपूर्जा समेत वितरण गर्ने तयारी रहेको पनि अध्यक्ष अहमदले जानकारी गराए ।पर्सागढी नगरपालिकामा पालिकाले जग्गाको नापजाँच र खोजीमा सहयोग गर्दा काम छिटो भएकोले लालपूर्जा वितरण पनि चाडै हुने अहमदले बताए ।

आइतबारको छलफलमा नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारु, जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मी, राष्ट्रिय जनमोर्चाका नेत्र प्रसाद पौडेल, राप्रपाका राजकिशोर प्रसाद यादव, भूमी आगोगका सदस्य सुरेन्द्र प्रसाद सिंह, श्रीमती हेमा भट्टराई, विषय विज्ञ हिमालचन्द्र गौतम लगायतको सहभागीता थियो ।

Related posts

एसईईमा पर्साबाट ४ जिपिए ल्याउन सफल सरकारी विद्यालयका विद्यार्थीसहित ८ जना सम्मानित

MadhesKhabar

पटेर्वासुगाैलीमा ब्रम्हलुट : काेभिड नभएकै बेला चार कर्मचारीले बुझे ६ लाख बढी जाेखिम भत्ता

MadhesKhabar

आदर्शनगर रंगशालामा नगर प्रहरीद्वारा वृक्षारोपण

MadhesKhabar

Leave a Comment