Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–१ मा वडाध्यक्ष र पूर्व वडाध्यक्षसहितका जसपा नेताहरु एमालेमा प्रवेश,पूर्वमन्त्री यादवले गरे स्वागत

वीरगन्ज, १७ माघ : पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्ट (जसपा) लगायतका विभिन्न दल परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसीया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवी, वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरी लगायतका नेतकार्यकर्ताहरु जसपा त्यागेर एमालेमा प्रवेश गरेको र उनिहरुलाई पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरेको यादवका स्वकीय सचिव हरेन्द्र साहले जानकारी दिए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष चौरसीयाले जसपा नेपालले मधेस मुद्दालाई प्रयोग गरी सत्ता केन्द्रित राजनीति मात्र गरेको आरोप लगाए । देशको वर्तमान परिस्थितिमा जनता र मुलुकको हितका लागि दृढतापूर्वक उभिन सक्ने नेतृत्व केपी शर्मा ओली र पार्टी नेकपा (एमाले) भएको दाबी गर्दै आफूहरूले एमाले रोजेको बताए ।

यस्तै, वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको इसारामा देशलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै जनताको हित र राष्ट्रिय स्वाभिमानका लागि एमाले प्रवेश गरेको स्पष्ट पारे ।

पार्टी प्रवेश गराउँदै पूर्व मन्त्री यादवले आफ्नो राजनीतिक हत्या गर्ने प्रयासपछि आफू एमालेमा आएको दाबी गरे । जेन–जी आन्दोलनपछि देशमा सक्रिय भएका विदेशी शक्तिहरूको दबाबलाई अन्त्य गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट आफू प्रभावित भएको बताए ।

कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

Related posts

‘वीरगन्जलाई पनि भरतपुर महानगरसरह व्यवहार गर्नुपर्यो’

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबलः झापालाई हराउँदै आर्मी सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment