Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्ज गोल्डकप फुटबलः झापालाई हराउँदै आर्मी सेमिफाइनलमा

वीरगन्ज,२१कार्तिक :त्रिभुवन आर्मी क्लब, वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।वीरगन्जको आदर्शनगर रंगशालामा मंगलबार भएको खेलमा झापा एफ.सी.लाई २–० गोलले हराउँदै आर्मी क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेल सुरु भएको ७ औं मिनेटमा नीरज कुमार शाहले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए ।आर्मीले पाएको कर्नर किक्मा झपाको पेनाल्टी एरिया नजिकैबाट होड गर्दै बललाई गोलपोष्टको जाली चुमाउन उनि सफल भएका थिए ।

पहिलो हाफ १–० मा सकिएको खेलको ६१ औं मिनेटमा आर्मीकै फत्तेमान घलेले थप एक गोल गर्दै आफनो टिमको अग्रता दोब्बर पारेका थिए ।घलेले डिबक्स एरिया बाहिरबाटै गरेको सुन्दर प्रहारले झापाको गोलपोटको जाली चुमेको थियो ।

त्यसको तीन मिनेट बित्न नपाउँदै झापाका प्रदीप बुढाथोकीले आर्मीविरुद्ध सात्वना गोल गर्ने अवसर गुमाएका थिए । आर्मीका रक्षापंक्तीलाई छल्दै पेनाल्टी एरिया भित्रैबाट बुढाथोकीले हानेको बल गोलपपोष्ट बाहिर गएको थियो ।खेलको ७१ औं मिनेटमा आर्मीका दिशान्त राइले झापाको गोलपोष्टमा हानेको सशक्त प्रहारलाई झापाका गोलरक्षक अनिष देउलाले उत्कृष्ट बचाउदै गर्दै विफल तुल्याइदिएका थिए ।

मंगलबार भएको खेलको म्यान अफ दी म्याच आर्मीका लागि दोस्रो गोल गरेका भले घोषित भए।त्यसबापत उनले १० हजार रुपैयाँ पुरस्कारपनि प्राप्त गरे।

मंगलबारको विजेता आर्मीले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोश्रो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंको सामना गर्नेछ ।संकटा क्लब नकआउट चरणमा चर्च ब्वाइज युनाइटेड नवलपरासीलाई पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा भने आयोजक भेट्रान सिटी क्लब वीरगन्ज र नेपाल पुलिस क्लब भिड्नेछन् । वीरगन्जले भारतको दिल्लीलाई र पुलिस क्लबले भारतको कोलकत्तालाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

Related posts

घडिअर्वा छठघाटकाे सजावट र व्यवस्थापनमा २३ लाख बढी खर्च

MadhesKhabar

पर्सा १ (ख) का युवा उम्मेदवार सर्राफ भन्छन् : मतदाताले मुख्यमन्त्री राउतकाे विकल्प खाेजिरहेका छन्

MadhesKhabar

नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

MadhesKhabar

Leave a Comment