Madhes Khabar
स्थानिय

बिन्दवासिनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहलाई जनप्रतिनिधी र कर्मचारीले गरे स्वागत

वीरगन्ज,२असोजः पर्साको बिन्दवासिनी गाँउपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत राजु साहलाई बुधबार गाँउपालिकाका जनप्रतितनिधी र कर्मचारीहरुले कार्यालयमा स्वागत गरेका छन् ।

बुधबारदेखि कार्यालयमा हाजीर भई कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत साहलाई गाँउपालिका अध्यक्ष प्रमोद तिवारी,उपाध्यक्ष ज्योति चौरसियाका साथै वडाध्यक्ष तथा विभिन्न शाखाका कर्मचारीले टिका र माला लगाएर स्वागत गरेका हुन् । त्यसैअवसरमा विगत डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका राकेश ओझालाई माला र गम्छा लगाएर विदाईपनि गरिएको थियो ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत साहलााई स्वागत गर्दै गाँउपालिका अध्यक्ष तिवाारीले साहसंग यसअघिपनि बिन्दवासिनी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेको अनुभव रहेकाले अबको कार्याकालमा विगतको भन्द्या अझ प्रभावकारी भूमीका निर्वाह गर्ने अपेक्षा लिएको बताए । उनले पालिकाको जनताको हितलाई प्राथमिकतामा राखेर साहले दैनिक प्रशासनीक कार्य सञ्चालन गर्न सुझावपनि दिए ।

स्वागत ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले गाँउपालिका अध्यक्ष,उपाध्यक्षसहितका जनप्रतिनिधीको मार्ग निर्देशन र सहयोग लिदैं आँफु निष्ठापूर्वक अगाढि बढ्ने बताए । पालिकाको विकासनिर्माण र जनताको हितलाई सर्वोपरी ठानेर विगतमापनि आँफुले काम गरेको स्मरण गराएादै उनले अबको यो कार्यकालमापनि आफनो भूमीका त्यसैअनुरुप हुने बताए ।नियमकानुनले निदृष्ट गरेको परिधिभित्र रहेर काम गर्दा कर्मचारीलाई कहिल्यैपनि समस्या नपर्ने भन्दै उनले जनप्रतिनिधी वा नागरिकलाई दुख दिने नियत आँफुले कहिल्यै नराख्ने बताए ।

 

Related posts

ठोरी नाकामा फेरि रोकियो भारतीय सवारीको प्रवेश,भारतीय पर्यटकहरु निराश

MadhesKhabar

साँढेको आक्रमणबाट घाइते रामको उपचार खर्च महानगरले व्यवहोर्छ – मेयर सिंह

MadhesKhabar

प्रेस युनियन पर्साको अध्यक्षमा चौहान र उपाध्यक्षमा साह निर्वाचित

MadhesKhabar

Leave a Comment