Madhes Khabar
समाज हेडलाइन

वीरगन्जको दलितबस्तीका ५० जना बालबालिकालाई निःशुल्क ट्युसन पढाउने घोषणा

वीरगन्ज,१०चैतःदलित एकता उत्थान नेपाल नामक संस्थाले वीरगन्जको ग्रामीण भेगका ५० जना दलित बालबालिकालाइ निशुल्क ट्युसन पढाउने ब्यवस्था गर्ने भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीबिर्ताका दलित बालबालिकाहरुलाई स्थानीय ध्रुब राय यादवसमेतको आर्थिक सहयोगमा उक्त संस्थाले निशुल्क ट्युसन पढाउने भएको हो ।

शनिबार एक कार्यक्रमकाबिच दलित एकता उत्थान नेपालका अध्यक्ष शम्भु हजराले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा ध्रुब राय यादवले दलित शसक्तिकरणको पनि परिभाषा फराकिलो हुँदै गएकोमा खुसी ब्यक्त गर्दै आफ्नो अधिकार प्राप्त गर्न अझै एक कदम अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा होटल तथा पर्यटन ब्यवसायी संघका केन्द्रिय सचिव हरि पन्तले सदियौंदेखि ठूलो जातका भनाउँदाहरुले दलितलाई तल्लो जातको भनेर हेला गर्दै आएको प्रवृतिलाई समाप्त पार्न दलितहरु स्वंय अगाडि आउनुपर्नेमा जोड दिए ।शिक्षा र चेतनाको स्तर बढाउन सकेमात्रै यो सम्भव हुने उनले बताए ।हजराको अध्यक्षतामा भएको कार्यक्रममा दिलिप कुर्मी , सुदिश प्रजापती ,जितेन्द्र मिश्र लगायतकोपनि उपस्थिती थियो ।

Related posts

पर्सा प्रहरीको विशेष अप्रेशन : जानकीटोला नाकाबाट एकैदिन १६ जना पक्राउ

MadhesKhabar

डाक्टरलाइ ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न सिडिओको निर्देशन

MadhesKhabar

तराई-मधेसकाे साझा पर्व छठ आजदेखि विधिवत सुरु

MadhesKhabar

Leave a Comment