Madhes Khabar
समाज

रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाबिरुद्ध मुद्दा दर्ता, १ जना पक्राउ

पिडित दलित परिवार /तस्बीर : प्रिमेश शिवाकोटी

रौतहट,२७फागुनःरौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामुहिक आक्रमणको घटनामा प्रहरीले ८ जनाबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।

फागुन १९ गतेको घटनामा पीडित बिर्जाराम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले बुधबार ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

दलित परिवारमाथि सामुहिक रुपमा आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ भने उक्त घटनाम संलग्न अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार छन् ।

फरारहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको छ ।

स्थानीयबासीले घटनाको सुरुवाती चरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरी उल्टै पीडित पक्षलाई दुःख दिएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका प्रहरी निरीक्षक सुरेन्द्र यादवको भूमिकामाथि प्रश्न उठाउदै उनीमाथि जातीय प्रभावमा परेर पीडितलाई न्याय नदिएको आरोप लगाएका थिए ।साभारःअन्नपूर्णपोष्ट

Related posts

वीरगन्जमा आयोजित कार्यक्रममा १०८ जनाले गरे रगत दान

MadhesKhabar

ठोरीमा युवाहरूको उदाहरणीय कार्यः होली उत्सवको रकम विद्यालय सुधारमा खर्च

MadhesKhabar

किरिया खर्चका लागि विपन्न परिवारलाई वडाध्यक्ष मुखियाले गरे सहयोग

MadhesKhabar

Leave a Comment