Madhes Khabar
समाज

आफनो स्वतन्त्र उम्मेदवारीले वीरगन्जमा इतिहास रच्ने रम्भा मिश्राको दाबी

मधेसखबर
वीरगन्ज , २४ बैशाख :
वीरगन्ज महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले नयाँ इतिहास रच्नका लागि आफु चुनावी मैदानमा उत्रिएको बताएकी छन् ।
वीरगन्ज महानगरको ग्रामीण भेगका वडाहरुमा पर्ने चोर्नी , परसवा, लालपर्सा, परसोतीपुर, कोनिया, बेलवा लगायतका गाँउमा शनिबार चुनावी घरदैलो कार्यक्रम गरेकी मिश्राले भनिन्,‘ शहरी वडा मात्र नभइ ग्रामीण वडाबाट पनि मैले अपार जनसमर्थन , माया र स्नेह पाइरहेको छु , यसले थप हौसिएको छु ।
वर्षौ योगदान गरेको राजनीतिक दलले अवसर आउदा नपत्याएपछि उपमेयर स्वतन्त्र उम्मेदवारी दिदा पनि अपार जनसमर्थन आफुले पाइरहेको भन्दै मिश्राले भनिन्,‘ मेरो यो स्वतन्त्र उम्मेदवारीले वीरगन्ज महानगरमा इतिहास नै रच्ने छ, र जनताले उपमेयरमा मलाइ जिताउनेमा ढुक्क छु ।
वीरगन्जमा इतिहास रच्ने अठोट लिएर आफु चुनावी प्रतिस्पर्धामा अगाडि बढिरहेको उनले बताइन् ।

Related posts

उपकार सेवा नेपालले वीरगन्जका दुई जना अपांगता भएका व्याक्तिलाई दियाे ह्वील चेयर

MadhesKhabar

रुंगटा वेल फेयर सोसाइटीले यसवर्षपनि छठ पूजा गर्ने महिलाहरुलाई बाँड्यो साडी

MadhesKhabar

सुस्त मनस्थितिका बालबालिकालाई वीरगन्ज महानगरले सहयोग गर्ने मेयर सिंहको घोषणा

MadhesKhabar

Leave a Comment