Madhes Khabar
समाज

पर्साको सखुवा प्रसौनीमा विधुतको सुरक्षित प्रयोगबारे सन्देशमुलक ‘सडक नाटक’ प्रदर्शन

वीरगन्ज,१७साउनःपर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर पचगावा बजारमा शनिबार विद्युतको सुरक्षित प्रयोग, त्यसको फाइदा लगायत बारेमा जनचेतना फैलाउन सन्देशमुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको संयोजन तथा एडीबी नर्वे,इनर्जिया,हिभोज तथा सिआरटीको सहयोगमा सडक नाटक प्रदर्शन गरिएको हो ।

‘विद्युतिय सुरक्षा हाम्रो अभियान, उज्यालो मधेस हाम्रो शान“ भन्ने नाराका साथ प्रदर्शन गरिएको उक्त सडक नाटक मार्फत विद्युत सुरक्षाको महत्व, जोखिम न्यूनीकरण, तथा सुरक्षित प्रयोगका तरिकाहरूको बारेमा स्थानीयलाई सन्देश दिइएको थियो ।

सडक नाटक हेर्ने गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक विज्ञहरू, स्थानीय महिला,पुरुष लगायत सहभागी भएका थिए ।नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रका प्रबन्धक बुद्धिनाथ झाको अध्यक्षतामा भएको सन्देशमुलक कार्यक्रममा बिन्दवासिनी फेडर इन्चार्ज श्रीलाल यादव लगायतकोपनि उपस्थिती थियो ।

Related posts

पोखरियामा मोतियाबिन्दु रोगको शल्यकृया गराएका ५३ जनालाई बाँडियो कम्बल

MadhesKhabar

अमेरिकामा बस्ने क्षेत्रीले पर्साको दलितवस्तीका १ सय बढी मुसहर परिवारलाई बाँडे न्यानो लुगाकपडा

MadhesKhabar

ईलाका प्रहरी कार्यालय छपकैयामा आयोजित कार्यक्रममा १ सय जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment