Madhes Khabar
समाज हेडलाइन

अमेरिकामा बस्ने क्षेत्रीले पर्साको दलितवस्तीका १ सय बढी मुसहर परिवारलाई बाँडे न्यानो लुगाकपडा

वीरगन्ज,१०पुसःपर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन र कटैया गाउँका मुसहरवस्तीमा दलितहरुलाई न्यानो लुगाकपडा वितरण गरिएको छ ।अमेरिकामा बस्दै आएका नेपालका अमर क्षेत्रीले सञ्चालन गरेको अमर क्षेत्री फाउन्डेसनले मुसहरवस्तीमा जाडोमा ओढ्ने कम्बल, लगाउने ज्याकेट, टोपी ,स्वेटर लगायतका लुगाकपडा वितरण गरेको हो ।

अमर क्षेत्री फाउन्डेसनको आर्थिक सहयोगमा पिस फोर दलितस फाउन्डेसन नेपालले बुधबार मुसहरवस्तीका १ सय जना महिला र पुरुषलाई १÷१ थान कम्बल तथा १ सय २० जना बालबालिकालाई ज्याकेट, टोपी, ट्राउजर र स्वेटर वितरण गरेको हो । मुसहरवस्तीमा न्यानो लुगा वितरणका लागि अमर क्षेत्री फाउन्डेसनका अध्यक्ष अमर क्षेत्रीले २ लाख ६६ हजार रुपैयाँ उपलब्ध गराएको र त्यहि रकमबाट ती लुगाकपडा खरिद गरि वितरण गरिएको पिस फोर दलित फाउन्डेसन नेपाल पर्साका अध्यक्ष मनोज रामले जानकारी दिए ।

मुसहरवस्तीका बृद्धबृद्धा र बालबालिकाहरु चिसोमा न्यानो लुगाककपडाको अभावमा समस्यामा परेको जानकारी गराएपछि अमर क्षेत्री फाउन्डेसनका अध्यक्ष अमर क्षेत्री सहयोग गर्न तयार भएको रामले बताए ।

दलित दबाब समूहका अध्यक्ष ज्यलाल रामको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा पिस फोर दलित फाउण्डेसनका परमानन्द राम, दिपेन्द्र राम, सुरेन्द्र पासवान, सन्जोग राम, अशोक राम, बिनोद राम लगायतकाकोपनि उपस्थिति थियो।

 

Related posts

अनुदान दुरुपयोग हुन नदिन वास्तविक किसानहरुको पहिचान गर्दै वीरगन्ज महानगर

MadhesKhabar

वीरगन्जमा आयाोजित कार्यक्रममा ४७ जनाले गरे रक्तदान

MadhesKhabar

विपी उद्यानको जग्गा खाली गराउन वीरगन्ज महानगरले फेरि चलायो डोजर

MadhesKhabar

Leave a Comment