Madhes Khabar
समाज हेडलाइन

ईलाका प्रहरी कार्यालय छपकैयामा आयोजित कार्यक्रममा १ सय जनाले गरे रगतदान

वीरगन्ज, ६ जेष्ठ : वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित इलाका प्रहरी कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिलासहित १ सय जनाले रगतदान गरेका छन् ।

इलाका प्रहरी कार्यालय छपकैयाका इन्चार्ज प्रहरी नायब निरीक्षक तेजप्रताप सिंह राजपुतको अग्रसरतामा आयोजित रक्तदान कार्यक्रममा स्थानीय युवा , महिला , सुरक्षाकर्मीसहित १ सय जनाले रगत दान गरेका हुन् ।

प्रहरी कार्यालय परिसरमै आयोजित रक्तदान कार्यक्रममा रगतदान गर्नेहरुमा सन्दिप यादव , गणेश ठाकुर , सुमन पटेल , मनोज साह , दिनेश साह , जुबेर आलम , अजय कुमार गुप्ता लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

गर्मीको समयमा रक्तदान कार्यक्रम आयोजना गर्ने र रगतदान गर्नेहरुको संख्यामा कमी हुदाँ रक्त सन्चार केन्द्रमा रगतको अभाव हुने भएकाले त्यसैलाई मध्यनजर गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी नायब निरीक्षक राजपुतले बताए ।

रक्तदान कार्यक्रममै समाजसेवी सन्जु साहले नेपाल रेडक्रस सा्ेसाइटीद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र वीरगन्जलाई नगद ११ हजार रुपैया सहयोगपनि प्रदान गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष मनोज राउत कुर्मी , वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटी, एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, एमालेका युवा नेता अजय कुमार गुप्ता ,विष्णु पटेल लगायतको पनि उपस्थिती थियो ।

Related posts

मानव सेवा आश्रम वीरगन्जको भवन निर्माणका लागि एक दाताले दिए ५ लाख ११ हजार गोप्य दान

MadhesKhabar

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

MadhesKhabar

सरसफाइमा झन कठाेर बन्दै वीरगन्ज महानगर: एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

MadhesKhabar

Leave a Comment