
प्रमोद यादव
पर्सा,१४जेठ बैशाख :पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नंबर २ पचगाँवामा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
पचगाँवा समाजसेवी युवा समुहले पचगाँवा चोकमै आयोजना गरेको रक्तदान काार्यक्रममा ३९ जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा सिकेन्द्र साह , मनोज पटेल ,राजन यादव , शम्भु सहनी , आसुदेव चौधरी लगायतका रहेको हाम्रा संवददाता प्रमोद यादवले जानकारी दिए ।
रक्त सन्चार वीरगन्जको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन सखुवा प्रसौनी गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष यशवन्त यादवले गरेका थिए ।
कर्यक्रमको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष यादवले बिरामीको उपचारमा रगत उपलब्ध गराउदै आएकाो नेपाल रेडडक्रस सोसाइटी र रक्तसन्चार केन्द्र वीरगन्जको कामको प्रशंसा गरे । उनले गाँउपालिकाले स्वास्थ्य क्षेत्रलाइ प्राथमिकतामा राखेर काम गर्ने बताए ।

