वीरगन्ज,२१मंसिरःपर्साको ठोरी गाँउपालिका वडा नम्बर ४ आठघरेमा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सवारी दुर्घटनामा परि ज्यान गुमाएकाको परिवारलाई १० लाख ४० हजार रुपैयाँ बराबरको राहत प्रदान गरेको छ ।
वडा नम्बर ५ का फुर्वा लोप्चन मगरको गत कार्तिक ८ गते मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि आर्थिक समस्यामा परेपछि संस्थाले मृतक फुर्वाकी पत्नि सोनिया मगरलाई राहत प्रदान गरेको हो ।संस्थाले मगरलाई संस्थाबाट लिएको ५ लाख रुपैयाँ ऋण मिनाहा गर्नुका साथै ५ लाख ४० हजार रुपैयाँ नगद सहयोगपनि गरेको संस्थाका प्रदेश प्रमुख तथा अनुगमन अधिकृत गजेन्द्र कुमार साहले जानकारी दिए ।
आइतबार मगरलाई ५ लाख ४० हजार रुपैयाँको चेक प्रदान गरिएको उनले बताए ।चेक हस्तान्तरणका अवसरमा निवर्तमान पूर्व वडाध्यक्ष दलबहादुर थापा लगायतकाकोपनि उपस्थिती थियो ।

