Madhes Khabar
समाज हेडलाइन

बाल अधिकार संरक्षणका लागि सबैको भुमिका महत्वपुर्ण —सिडिओ

मधेसखबर
विरंगज , चैत ८ गते


बालबालिकाका मुद्धा निरुपणको अवस्था र न्यायिक सुनिश्चितताबारे विशेष विमर्श कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

जिल्ला बाल न्याय समिति पर्सा , सानो पाईला र आवर संसार नामक गैरसरकारी संस्थाको पहलमा जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा भएको कार्यक्रममा बालबालिकाका विभिन्न मुद्धाका बारेमा सरोकारवालाहरुले चिन्ता व्यतm गरेका छन् ।

संविधानमा बालबालिकाका विभिन्न हकलाई सुनिश्चित गरीएको भएपनि कार्यान्वयनमा भने विभिन्न बाधा अवरोधका कारण उनीहरुको हरेक तवरको हक अधिकारको हनन समेत भईरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यतm गरेका हुन् ।

कार्यक्रममा बोल्दै आवर संसारका मुकेश साहले विगत तीन वर्षदेखी बाल अधिकार समिति समेत पर्सामा गठन नहुँदा बालबालिकाहरुका विभिन्न मुदा , समस्या र समाधानका उपायहरु समेतमा समन्वय हुन नसकेको दुखेसो पोखे ।

उनले भने , “प्रहरीले नै उद्धार गरेको एक जना बालकको जन्मदर्ताका लागि करीब एक महिनादेखी विभिन्न निकायमा धाउँदा समेत उतm बालकको जन्मदर्ता समेत बन्न नसक्दा चाहेर पनि उतm बालकका लागि केही पनि गर्न सकिएको छैन । यहाँसम्म की कुनै बालबालिकाको उद्धार प्रक्रिया त झण्झटीलो छदैछ । उनीहरुको उचित व्यवस्थापन समेत गर्न सकिएको अवस्था छैन । यसले स्पष्ट हुन्छ की बालबालिकाहरुको मुद्धामा स्थानीय तह उदासिन छ । ”

नारायणी अस्पतालकी वरीष्ठ नर्स तथा ओसिएमसीकी प्रमुख हेमा थापाले यस्तै गुनासो गर्दै भनिन् , “ वेवारिशे अवस्थामा फेला परेका ६ जना शिशु हाल अस्पतालमा छन् । तर कसैको पनि जन्मदर्ता बनाईदिन सकिएको छैन । जन्मदर्ताका लागि पहल गर्दा कहिले सहज वातावरण पाउन सकिएन । त्यसमा झन् पाँच वर्ष मुनिका बालबालिकाका लागि अति आवश्यक व्यवस्थापन गृह छैन । अपांगता भएका बालबालिकाको व्यवस्थापनमा त समस्या झन् बढी छ । ”

थापाले बालबालिकाको समयमा जन्मदर्ता नबन्दा पछि आफुहरुलाई उनीहरुको प्रश्नको जवाफ समेत फर्काउन लाज लाग्नुपर्ने उनको भनाई छ ।

उनले अस्पतालको निगरानीमा रहेका ती शिशुहरुलाई लिन आउने राम्रा सम्पन्न परिवारका सदस्यहरु आतुर रहेपनि प्रक्रिया भने जटिल रहेको कारण समस्या उत्पन्न भएको बताईन् ।

त्यस्तै कार्यक्रमका अन्य सहभागिहरुले वीरगंजमा रहेको बाल सुधार गृहमा रहेका बालक भन्दा सुधार गृहलाई नै सुधार गर्नुपर्ने आवश्यतmा रहेको बताएका हुन् । उनीहरुले बाल सुधार गृह बालमैत्री नभएको तथा बालकहरुलाई सुधार भन्दा पनि सजाय तर्फ धकेलिएको जस्तो अवस्था रहेको भन्दै गुनासो पोखेका थिए ।

त्यस्तै विभिन्न हिंसा , बेचविखन तथा अन्य समस्याबाट उद्धार गरीएका बालबालिकाहरुलाई राख्ने सुरक्षित गृहको समेत अभाव रहेको माईती नेपाल पर्साकी प्रमुख गोमा पौडेलले बताईन् ।

उनले उद्धार गरीएका बालबालिकाको हकमा बन्ने बकपत्र प्रक्रिया नै ढिलो हुँदा त्यसको नकारात्मक आक्षेप तथा आरोप आफुहरुले समेत खेप्नुपर्ने र पिडीतले लामो समयसम्म न्याय नपाउँदा पिडकले उन्मुतिm पाउने जस्ता जटिल समस्याहरु रहेको पनि बताईन् ।

वीरगंज लगायत पर्सा जिल्लामा अझ पनि बालविवाहका घटनाहरु , लागु औषधमा बालबालिकाहरु फस्दै गएको तथा बजार वा ग्रामीण भेगका विभिन्न स्थानहरुमा दिनदहाडै लागुऔषध बालबालिकाहरुले सेवन गर्ने , लैंगिक तथा अल्पसंख्यक समुदायका बालबालिकाहरुलाई झन् विभेदमा पार्ने जस्ता समस्याहरु समाजमा रहेको तथा यसलाई निराकरणका लागि सबै तह तप्का र क्षेत्रका व्यतिmहरुको सामुहीक प्रयास जरुरी रहेको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालले बताएका हुन् ।

कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालबालिकनको हकमा कानुनी र व्यवहारीक दुवै खालको जटिलता रहेको बताए ।

उनले भने , “अन्य जिल्लाको भन्दा यहाँको परिस्थितीमा फरक छ । बाल सुधार गृहका बालबालिकाहरु पनि मानव नै हुन् । राज्यको कानुन अनुसार उनले बाल सुधार गृहमा सुधारका लागि राखिएका भएपनि पर्याप्य भौतिक संरचना र श्रोत साधनको अभावका कारण समस्या छ । तर पनि विभिन्न प्रयास र पहलमा केही सहज बनाउने प्रयास गरीरहेका छौँ । केही गरेका पनि छौँ । ”

उनले जन्मदर्ताको सवालमा विवाहको २४ वर्षपछि अर्को महिलासंग उनका श्रीमान्ले विवाह गरेको तथा उनका दुई सन्तानको जन्मदर्ता समेत नरहेको अवस्थामा उनका श्रीमान्लाई झिकाई जन्मदर्ता बनाउन लगाएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले विभिन्न गैर सरकारी संस्थाको सामाजिक प्रयास र सरकारी निकायको कानुनी पहलले पर्सामा बालमैत्री वातावरण निर्माण गरी बालअधिकारको सवालमा सकारात्मक परिवर्तन गर्न सकिने भएकोले बालबालिकाको अधिकारको कुरा कसैको निजी नभई सबैको सरोकारको विषय हुनुपर्नेमा जोड दिए ।

उनले बाल अधिकार कसैको लागि पेशा बनेको छ भने कसैको लागि व्यापार बनेको छ र कसैको लागि बोझ समेत बनेको अवस्थामा पेशा बुझ्नेले सेवा , व्यापार भन्नेले सहयोग र बोझ बुझ्नेले अवसरको रुपमा लिएर अगाडी बढे मात्रै बाल अधिकारको अवस्थामा सुधार ल्याउन सक्ने बताए ।

त्यस्तै पर्सा जिल्ला अदालतका न्यायाधिश नन्द किशोर यादवले कार्यक्रममा बाल अधिकारका लागि हरेक क्षेत्रबाट महत्वपुर्ण कुरा आएर गहन रुपमा छलफल भएकोले कार्यक्रम उपलब्धी मुलक नै रहेको बताए ।

उनले बाल अधिकारका सवालमा उठेका विभिन्न सवालहरुबारे स्पष्ट पारेका थिए भने ऐन कानुन र कार्यन्वयनको अवस्थाबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा बालबालिकाको अवस्थाबारे अधिवतmा एव् सानो पाईलाकी सदस्य शैलेश्वरी सिँहले कार्यपत्र प्रस्तुत गरेकी थिईन् भने कार्यक्रमको संचालन सानो पाईलाका विवेक कर्णले गरेका थिए र सहजीकरण जिल्ला बाल न्याय समितिकी सदस्य सुष्मा शर्माले गरेकी थिईन् ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसस्थाका प्रतीनिधी , पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,न्याधिवतmाहरु लगायत बालअधिकारका क्षेत्रमा सकृय किशोर किशोरीहरुको पनि उपस्थित रहेको थियो ।

 

Related posts

आज मधेसी समुदायमा भईया दुज पर्व : दिदी-बहिनीले दाजु-भाईलाई बजडी खुवाउँदै

MadhesKhabar

पर्सागढीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ल्यायाे ५६ करोड बढीको बजेट

MadhesKhabar

अनर्गल प्रचार गरेर भ्रम फैलाउने दुष्प्रयास : वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment