Madhes Khabar
समाज

पटेर्वासुगौली गाँउपालिकालाइ नमूना पालिका बनाउने अध्यक्ष चौधरीको उद्घोष

मधेसखबर
वीरगन्ज,११जेठः
पर्साको पटेर्वासुगौली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश चौधरीले आफनो कार्यकालमा पटेर्वासुगौली पालिकालाइ देशकै नमूना पालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।
बुधबार गाँउपालिका कार्यालयमा आयोजित समारोहमा पालिकाका नवनिर्वाचित उपाध्यक्ष ममता महत्तो थारु सहितका नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराउदै चौधरीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
काँग्रेसबाट निर्वाचित चौधरीले कृषि ,शिक्षा र स्वास्थ्यका काम आफनो मुख्य प्राथमिकतामा रहने पनि बताए ।
पालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ इमान्दारीता र कर्तब्यनिष्ठ भएर आफुले पाएको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै नवर्विाचित अध्यक्ष चौधरीले भने ,‘ हाम्रो पालिकालाइ नमूना पालिका बनाउने अठोट लिएको छु , यसका लागि अनियमितता, अपारदर्शीता र भ्रष्टाचार न म गर्छु न अरु कसैले गरे सहन्छु ।
जनताका कामलाई प्राथमिकता दिएर काम गर्न वडाअध्यक्ष र सदस्यहरुलाइ अध्यक्ष चौधरीले आग्रह पनि गरे ।


सपथ ग्रहण समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव, कांग्रेस नेता चन्द्रकिशोर चौधरी, गाउँपालिकाका कर्मचारी , राजनीतिक दलका नेता लगायतको उपस्थिती रहेको थियो ।

Related posts

जेष्ठ नागरिकलाई सम्मानित गर्दै प्रदीप यादवले भने : ज्येष्ठ नागरिक समाजका खम्बा हुन्

MadhesKhabar

वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान

MadhesKhabar

घुस रकम सहित पक्राउ परेका नापी कार्यालयका बिचौलीया पाण्डे रिहा

MadhesKhabar

Leave a Comment