Madhes Khabar
समाज हेडलाइन

जेष्ठ नागरिकलाई सम्मानित गर्दै प्रदीप यादवले भने : ज्येष्ठ नागरिक समाजका खम्बा हुन्

मधेसखबर
वीरगन्ज,२१ कार्तिक : पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सम्मानित गरेका छन् ।

सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री समेत रहेका जसपा उम्मेदवार यादवले दुई दर्जन भन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गरेका हुन् । जेष्ठ नागरिकलाई सम्मान गर्दै यादवले ज्येष्ठ नागरिक समाजका गहना र अभिभावक भएको बताए । उनले भने ,‘ जेष्ठ नागरिक हाम्रो समाजका ज्ञान, सिप र अनुभव संगालेका खम्बा हुनुहुन्छ, उहाहरुको सम्मान हरेक नागरिकले गर्नुपर्छ ।

ज्येष्ठ नागरिकहरु समाजको अभिभावकसंगै मार्गदर्शक पनि भएको भन्दै यादवले ज्येष्ठ नागरिकको समन गर्ने समाज नै सभ्य समाज हुने बताए । परिवार अनि समाजका लागि ज्येष्ठ नागरिकले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै यादवले उहाँहरुको सम्मान गर्नु अहिलेका पुस्ताको कर्तव्य र दायित्व दुवै भएको बताए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका पर्सा इन्चार्ज प्रभु हजरा , नेता नवराज शर्मा , पूर्व वडा अध्यक्ष राज कु्मार गुप्ता लगायतको पनि सहभागीता थियो ।

Related posts

अमेरिकामा बस्ने क्षेत्रीले पर्साको दलितवस्तीका १ सय बढी मुसहर परिवारलाई बाँडे न्यानो लुगाकपडा

MadhesKhabar

ब्रेक फेल भएपछि चालक हाम्फाले, बस बगरमा बजारियो

MadhesKhabar

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कर्जाको ब्याजदर पनि सामान्य घट्ने

MadhesKhabar

Leave a Comment