Madhes Khabar
राजनीति हेडलाइन

पर्साका काँग्रेस सभापति क्षेत्रीकाे नाम प्रदेश सांसदमा सर्वसम्मतले सिफारिस

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,१८ भदौं : नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीकाे नाम , प्रदेश सांसदका लागि सर्वसम्मतले सिफारिस भएकाे छ ।

पर्साकाे क्षेत्र नम्बर ३ काे ख बाट काँग्रेसले क्षेत्रीकाे एकल नाम सर्वसम्मतले सिफारिस गरेकाे हाे ।शनिबार बसेकाे काँग्रेसकाे क्षेत्रीय बैठकले प्रदेश सांसदकाे उम्मेदवारमा प्रत्यक्ष तर्फ  जिल्ला सभापति क्षेत्रीकाे एकल नाम सिफारिस गरेकाे क्षेत्रीय सभापति श्री कृष्ण चाैहानले जानकारी दिए ।

क्षेत्री २०७४ काे निर्वाचनमा त्यहि क्षेत्रमा तत्कालीन संघीय समाजवादी फाेरम नेपालका उम्मेदवार प्रह्लाद गिरिसंग एकदमै झिनाे मतान्तरले पराजित भएका थिए ।

यस्तै काँग्रेसकाे बैठकले पर्सा क्षेत्र नम्बर ३ काे संघीय सांसदमा प्रत्यक्ष तर्फ पूर्ब मन्त्री सुरेन्द्र प्रसाद चाैधरीकाे नाम पनि सर्वसम्मतले सिफारिस गरेकाे छ ।

Related posts

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

MadhesKhabar

वीरगन्जको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौं मूल्यको कपडा बरामद

MadhesKhabar

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी

MadhesKhabar

Leave a Comment